8 years ago
December 14, 2016
एजेन्सी (हाम्रो खेलकुद) – यहि बर्षको सुरुआतमा इन्टरनेटमा एउटा फोटोले फुटबल जगतमै तहल्का मच्चायो, अफगानिस्तानका ५ बर्षे एक बालकले प्लास्टिकलाइ जर्सी बनाउदै अर्जेन्टिनाको जस्तो देखिने उक्त प्लास्टिकमा मेस्सीको नाम लेखे।
केहि दिनमै उक्त फोटो भाइरल हुन पुग्यो र रातारात बालक मुर्तजा अहमदी सेलिब्रेटझैँ गनिन थाले अफगानिस्तान फुटबल संघले उनलाई आफ्नो मुख्यालयमै बोलाएर मेस्सिले पठाएका बार्सिलोनाको जर्सी पनि दियो। निकट भबिस्यमा उनलाई मेस्सीसंग भेटाउने वाचा पनि अध्यक्षले गरे थिए।
मंगलबार राती दोहामा भएको अल अह्ली र बार्सिलोनाको मैत्रीपूर्णखेलमा तीनै बालक मेस्सीकै अघि पछि देखिए। खेल सुरुहुनुभन्दा अगाडी खिचिने टिम फोटोमा पनि मुर्तजा रहेका थिए। खेल बार्सिलोनाले ५-३ले जित्यो। खेलको सुरुहुनुभन्दा अघि मुर्तजा त्यहाँ आकर्षणका केन्द्रविन्दु बनेका थिए।
मैत्रीपूर्णखेलमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेज, लियोनल मेस्सी र नेयमारले पहिलो हाफ तथा फ्रान्सिको अलसासेर र राफिनाले गोल गरे। अल अह्लीका लागि दोस्रो हाफमा माहनाद असिरीले २ र अर्को गोल ओमार अब्लुरहमानले पेनाल्टीमा गरेका थिए ।
हेर्नुहोस केहि फोटो:
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]