3 years ago
June 15, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले इन्ज्युरी समयमा गोल गरेपछि नेदरल्यान्ड्सले युएयफए नेसन्स लिग ए ग्रुप ४ मा रोमाञ्चक जित निकालेको छ ।
नेदरल्यान्ड्सले वेल्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । डच टोलीको जितमा डिपाएसँगै नोआ लाङ र कोडी गाक्पोले गोल गरे । वेल्सका ब्रेननान जोन्सन र ग्यारेथ बेलले गोल गरे ।
रोटरडाम नेदरल्यान्ड्समा मंगलबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको १७औं मिनेटमा नोआ लाङको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले भिन्सेन्ट जान्सेनको पासमा गोल गर्न सफल भएका थिए ।
२३औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । २६औं मिनेटमा ब्रेननान जोन्सनले गोल गर्दै वेल्सलाई खेलमा फर्काउने संकेत दिए । उनले ह्यारी विल्सनको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि खेलको इन्ज्युरी समयमा खेल नाटकीय मोडमा पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी ग्यारेथ बेलले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर, त्यसको एक मिनेटपछि डिपाएले गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गराए ।
यो जितसँगै नेदरल्यान्ड्स ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा रहेको छ । बेल्जियमको ७ तथा पोल्यान्डको ४ अंक छ ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]