default_image

2 years ago

June 15, 2022

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – समूह चरणका सबै तीन खेलमा पराजित हुँदै राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणको अन्त्य गरेको छ ।


समूह ‘ए’ मा नेपालले आफ्नो अन्तिम खेलमा बुधबार विहान ७–० ले गुमाएसँगै नेपालको छनोट यात्रा लज्जास्पद रुपमा टुंगिएको छ । कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाली टोली पहिलो हाफमै २–० ले पछि परेको थियो । दोस्रोे हाफमा थप ५ गोल खाँदा नेपालले आधा दर्जनभन्दा बढी गोलको भारी बोक्नु परेको थियो ।

नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । रक्षक सुमन अर्यालले विपक्षीमाथि खराब ट्याकल गरेका कारण ११ औं मिनेटमा पहिलो तथा ३३ अ‍ौं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो ।

इन्डोनेसिसयाका लागि विटान सुलेमानले २, डिमास ड्राजाड, फेचरुदिन आर्यान्टो, सादिल रामदानी र इल्कान बागोट, मार्सिलेनो फर्डिनान्डले समान १ गोल गरेका थिए । डिमासको गोलबाट इन्डोनेसिसयाकाले खेलको छैटौं मिनेटमा अग्रता लिएको थियो । विटानले ४३ औं मिनेटमा गोल गर्दै इन्डोनेसियाको अग्रतालाई दोब्बर पारे ।

दोस्रो हाफमा इन्डोनेसिया नेपाली टोलीमाथि थप हाभी भएको थियो । फेचरुदिनले ५४, सादिलले ५५ औं मिनेटमा गोल थपे । त्यस्तै इक्लानले ८० औं र विटानले ८१ औं मिनेटमा गोल थपे । अन्तिम मिनेटमा मार्सिलेनोले गोल गरेका थिए । छनोटका ३ खेलमा १३ गोल खाएको नेपालका लागि एक मात्र गोल दर्शन गुरुङले कुवेतविरुद्ध गरेका थिए ।

पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित नेपालले कुवेतसँगको खेल ४–१ ले गुमाएको थियो । इन्डोनेसियाविरुद्धको खेलमा पुजन उपकोटीले टोलीको कप्तानी सम्हालेका थिए । छनोटका लागि नवयुग श्रेष्ठ कप्तान नियुक्त भएका थिए । शिवकुमार गुरुङ र नीरकुमार राईले सोहि खेलमार्फत डेब्यू गरेका छन् । शिव र नीर दुवैले पहिलो रोजाईमै खेलको सुरुवात गरेका थिए ।

समूह एको समाप्तीमा ९ अंकका साथ जोर्डन शीर्षस्थानमा, ६ अंकसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालले अंक विहिन हुँदै छनोटको यात्रा अन्त्य गरेको छ ।

June 26, 2024

लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् । टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश […]

June 26, 2024

नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनको विरुद्ध खेल्ने भएको छ । आयोजक लेबनान फुटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल जोर्डन विरुद्ध हुने भएको हो । नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल […]

June 26, 2024

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

एजेन्सी – लगातार दोस्रो खेल जित्दै अमेरिकामा‌ जारी अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ। न्यू जर्सीको मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको समूह ‘ए’को खेलमा अर्जेन्टिनाले चिलीलाई १-०ले पराजित गरेको हो। खेलको अन्त्यतिर परिवर्तित खेलाडी लाउटारो मार्टिनेजले गरेको गोल खेलको निर्णायक बनेको थियो । मार्टिनेजले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी समयमा मार्टिनेजले […]

Success

Thank you for your time.