default_image

2 years ago

June 14, 2022

एन्फा निर्वाचन – फ्रेन्ड्स, सरस्वती र महिला समितिले मत हाल्न पाउने

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स र सरस्वती युथ क्लबसँगै महिला समितिले आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि मताधिकार फिर्ता पाएका छन् ।

यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार वञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये फ्रेन्ड्स, सरस्वती र एन्फा महिला संघलाई मताधिकार दिने निर्णय गरेको हो ।

निर्वाचन समितिले निर्णय गरेबमोजिम नै सिराहा जिल्लाको मताधिकार पुनरावेदन भने बदर भएको छ । समितिले सिराहा जिल्लाका प्रविणकुमार यादवको नाम मतदाता नामावलीबाट हटाउने गरी भएको निर्णय मिलेको देखिएको उल्लेख गर्दै सदर हुने ठहर गरेको छ ।

निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशनमा गर्ने क्रममा महिला संघ, सरस्वती क्लब, फ्रेन्ड्स क्लब र सिरहा जिल्लाको मताधिकार बदर हुने निर्णय गरेको थियो । त्यस निर्णयविरुद्ध चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए ।

सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दावी गर्दै अपिल गरेको थियो । तर एन्फाको निर्देशन र पुनरावेदन साथ पेस भएको कागज हेर्दा निर्देशन पालना नगरी आफू खुशी प्रतिनिधि छनोट गरेको र पुनरावेदकको जिकिर नपुग्ने पुनरावेदन समितिले उक्त अपिल निमलेको भन्दै मताधिकार नदिने निर्णय गरेको छ ।

निर्वाचन समितिले बदर गरेको चारै मत कर्माछिरिङ शेर्पा पक्षका थिए । तीन मताधिकार फिर्ता भएसँगै शेर्पा पक्षलाई केही राहत मिलेको छ ।

एन्फाको निर्वाचनका लागि वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राजीव राज पौड्यालले पनि प्यानल विना नै अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

June 29, 2024

युरो कपको नकआउट चरण आजदेखि

एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

Success

Thank you for your time.