default_image

2 years ago

June 14, 2022

भिक्टरको चार गोलमा नाइजेरियाको कीर्तिमानी जित

92 views

0 Bookmark

एजेन्सी – भिक्टर ओसिमहेनले ह्याट्रिकसहित चार गोल गरेपछि नाइजेरियाले कीर्तिमानी जित निकालेको छ । नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा साओ टोम एन्ड प्रिन्सिपेमाथि १०–० को सानदार जित निकालेको छ ।

नाइजेरियाको इतिहासमा यो सबैभन्दा ठुलो र फराकिलो जित हो । यसअघि नाइजेरियाले सन् १९५९ मा दाहोमेमाथि १०–१ को फराकिलो जित निकालेको थियो ।

मोरोक्कोमा सोमबार राति भएको खेलमा नाइजेरियाको फराकिलो जितमा ओसिमहेनले चार गोल गर्दा तेरेम मोफीले दुई तथा मोसेस सिमोन, ओगहेनेकारो इटिवो, एडेमोला लुकमान र इमानुयल डेनिसले समान एक गोल गरे । पहिलो हाफमा ३–० को अग्रता बनाएको नाइजेरियाले दोस्रो हाफमा ७ गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।

२३ वर्षीय ओसिमहेनले २२ अन्तर्राष्ट्रिय क्यापमा १५ गोल गरिसकेका छन् । उनी एकै खेलमा चार गोल गर्ने खेलाडी बनेका छन् । यसअघि रासिदी येकिनीले सन् १९९१ म बुर्किना फासोविरुद्ध नेसन्स कपकै छनोटमा चार गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

यो जितसँगै छनोटको समूह ‘ए’ मा रहेको नाइजेरियाले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । गिनिया विसाउ ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सिएरा लिओन १ अंक जोडेर तेस्रो स्थानमा रहँदा साओ टोम एन्ड प्रिन्सिपे अंकविहीन हुँदै पुछारमा छ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.