3 years ago
June 14, 2022
एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप १ मा डेनमार्कले सहज जित निकालेको छ । घरेलु मैदानमा डेनमार्कले अष्ट्रियामाथि २–० को सहज जित निकालेको हो ।
कोपेनहेगनमा सोमबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा जोनास वाइन्ड र एन्ड्रिएस स्कभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको २१औं मिनेटमा जोनास वाइन्डको गोलबाट डेनमार्कले सुरुवाती अग्रता लिएको थियो । उनले जोआकिमको पासमा गोल गर्न सफल भएका थिए । ३७औं मिनेटमा एन्ड्रिएस स्कभ ओल्सेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । उनले जोनास वाइन्डको पासमा गोल गर्न सफल भएका थिए ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै डेनमार्कको जितमा पर्याप्त बन्यो । यो जितसँगै डेनमार्क ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । टोलीले नेसन्स लिगको अन्तिम चारमा छनोट हुने सम्भावना बलियो बनाएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्काे खेलमा क्रोएसियाले फ्रान्सलाई १–० ले पराजित गरेको छ । क्रोएसियाको जितमा पाँचौ मिनेटमा कप्तान लुका मोड्रिचले गरेको गोल नै निर्णायक बन्यो ।
यो नतिजापछि क्रोएसिया ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । फ्रान्स २ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा पर्ने सम्भावना बढेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]