3 years ago
June 12, 2022
एजेन्सी – एएफसी एसियन कप २०२३ को छनोटमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले अफगानिस्तानमाथि २–१ को रोमाञ्चक जित निकालेको हो ।
खेलको अन्त्यतिर तीन गोल सम्भव हुँदा भारत सफल भएको हो । कोलकातास्थित विवेकानन्दा युवा भारती क्रिरनगानमा शनिबार राति भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र साहल समादले गोल गरे । अफगानिस्तानका जुवायर एमिरीले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक खेलको ८६औं मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले सुरुवाती अग्रता लिएको थियो । तर, भारतको त्यो अग्रता लामो समय टिकेन । ८८औं मिनेटमा जुवायर एमिरीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीम ल्याए ।
फगानिस्तानको बराबरी पनि लामो समय टिकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा साहल समादले गोल गर्दै भारतलाई रोमाञ्चक जित दिलाए ।
यो जितसँगै समूह डी मा भारत दुइै खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि हङकङ गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । अफगानिस्तान र कम्वोडियाले अंकको खाता खोल्न सकेको छैन ।
अन्य नतिजा
समूह ‘ए’ – नेपालविरुद्ध कुवेत (१–४) र इन्डोनेसियाविरुद्ध जोर्डन (०–१)
समूह ‘बी’ – मंगोलियाविरुद्ध फिलिपिन्स (०–१) र यमनविरुद्ध प्यालेस्टाइन (०–५)
समूह ‘सी’ – श्रीलंकाविरुद्ध थाइल्यान्ड (०–२) र माल्दिभ्सविरुद्ध उज्वेकिस्तान (०–४)
समूह ‘डी’ – कम्वोडियाविरुद्ध हङकङ (०–३) र अफगानिस्तानविरुद्ध भारत (१–२)
समूह ‘ई’ – बंगलादेशविरुद्ध तुर्केमिनिस्तान (१–२) र मलेसियाविरुद्ध बहराइन (१–२)
समूह ‘एफ’ – सिंगापुरविरुद्ध ताजिकिस्तान (०–१) र म्यानमारविरुद्ध किर्गिस्तान (०–२)
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]
December 17, 2024
दिपक बोहोरा,पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् । उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो […]