3 years ago
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल घरेलु टोली कुवेतसँग शनिबार ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।
घरेलु टोली कुवेतको फराकिलो जितमा युसुफ नास्सेरले दुई तथा फहद अलरेसिदी र मोवारक अल फानेनीले समान एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । कुवेतस्थित जाबिर अल अहमद मैदानमा घरेलु टोलीलाई पहिलो हाफमा १–० को स्थितिमा रोकेपनि नेपालले दोस्रो हाफमा बलियो कुवेतलाई रोक्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।
खेलको सुरुवातदेखि नै दबाबमा खेलेको नेपालले २८औं मिनेटमा गोल खान पुगेको थियो । फहद अलरेसिदीले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाए । अली मातरको क्रसलाई फहदले हेडमार्फत जाली चुमाउदा केही उत्कृष्ट बचाउ गरेका गोलरक्षक दीप कार्कीले यसपटक बचाउने कुनै मौका नै पाएनन् ।
३९औं मिनेटमा दीपले वान भर्सेस वानको स्थितिको प्रयासलाई बचाउदा डिफेन्डरले क्लियर गर्दै नेपालको अर्काे संकट टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आयुष घलानको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा नेपाल बराबरीबाट चुक्यो ।
४८औं मिनेटमा युसुफ नास्सेरले गोल गर्दै कुवेतको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको प्रहार क्रस बारमा लागेर फर्कदा नेपाल अग्रता कम गर्नबाट चुक्यो । ६८औं मिनेटमा युसुफ नास्सेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि नेपाल खेलमा ३–० ले पछि पर्यो ।
७३औं मिनेटमा मोवारक अल फानेनीले गोल गर्दै कुवेतलाई ४–० ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा दर्शनले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि हार टार्न सकेन । ३५औं मिनेटमा गौतम श्रेष्ठको स्थानमा मैदान छिरेका दर्शनको पहिलो प्रहार डिफेन्डरले ब्लक गर्दा रिवाउन्डको उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
कुवेतले छनोटमा पहिलो जित निकाल्दा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । कुवेतको दुई खेलबाट ३ अंक पुगेको छ । नेपालले अंकको खाता खोल्न सकेको छैन । यो समूहमा जोर्डन र इन्डोनेसियाको पनि समान ३ अंक नै छ । उनीहरुले एक खेल कम खेलेका छन् ।
छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]
December 17, 2024
हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]