default_image

3 years ago

June 11, 2022

कुवेतविरुद्ध नेपालको सुरुवाती ११ घोषणा

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट अन्तरगगतको कुवेतविरुद्धको दोस्रो खेलको लागि नेपालको सुरुवाती ११ घोष्णा भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध पहिलो रोजाईमा उतारेको टोलीलाई नै कुवेतविरुद्धको खेलमा सुरुवाती ११ मै निरन्तरता दिएक छन् ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नवयुग श्रेष्ठको कप्तानीमा टोली उतार्दा जोर्डनविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका गोलरक्षक दीप कार्कीलाई निरन्तरता दिएका छन् ।

डिफेन्समा गौतम श्रेष्ठ, विकास खवास, विकास तामाङ र सुमन अर्याल रहेका छन् । मिडफिल्डमा सेसेहाङ आङ्देम्वे र पुजन उपरकोटी रहेका छन् । फरवार्डमा कप्तान नवयुगसँगै आयुष घलान, मनिष डाँगी र सुरज ज्यू ठकुरी रहेका छन् । मनिष डाँगी र आयुष घलानले विंगबाट फरवार्ड नवयुगलाई साथ दिनेछ ।

खेल कुवेतको जाबिर अल अहमद मैदानमा नेपाली समयअअनुसार राति १० बजेपछि सुरु हुनेछ । नेपाल र कुवेत छनोटमा पहिलो जितको खोजीमा हुनेछ । 

छनोटको समूह ’ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेत पनि अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । समान ३ अंक जोडेको जोर्डन शीर्ष तथा इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेल ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

December 18, 2024

चर्च ब्वाइज झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]

Success

Thank you for your time.