3 years ago
June 11, 2022
एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले चुवामेनीलाई फ्रान्सेली क्लब मोनाकोबाट ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो ।
यो सँगै २२ वर्षीय चुवामेनी २०२८ सम्म सान्टियागो बर्नबेउमा हुनेछ । उनको शनिबार मेडिकल भइसकेको छ । रियलले चुवामेनीलाई १४ जुनमा आधिकारिक रुपमा सार्वजनिक गर्ने योजना बनाएको छ ।
ओरलिएन चुवामेनीलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पिएसजीसँगै इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएपनि उनले युरोपियन च्याम्पियन क्लब रोजेका हुन् ।
बक्स टु बक्समा खेल्न सक्ने चुवामेनी रियलमा सर्वाधिक महँगोमा अनुबन्ध हुने चौथो खेलाडी बनेका छन् । यसअघि क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल र इडेन हाजार्ड रियलले क्लब इतिहासमा अनुबन्ध गरेका महँगा खेलाडी हुन् ।
जर्मन डिफेन्डर एन्टोनियो रुडिगरपछि नयाँ सिजनको लागि रियलको यो दोस्रो अनुबन्ध हो । रुडिगर फ्रि एजेन्टमा इंग्लिस क्लब चेल्सीबाट रियलमा अनुबन्धित भएका हुन् ।
चुवामेनीको आगमनले रियलमा अब इडुआर्डाे कामाभिंगा, फेडे भाल्भेर्डे र चुवामेनीको ट्रिओ मिडफिल्ड बन्नेछ । यो ट्रिओले क्यासमिरो, लुका मोड्रिच र टोनी क्रुसको ऐतिहासिक र अत्यन्त सफल ट्रिओलाई विस्थापित गर्ने विश्वास गरिएको छ । लुका मोड्रिचले यसै साता रियलसँग थप १ वर्षको सम्झौता नविकरण गरिसकेको छ ।
क्यासमिरो, लुका र टोनीको ट्रिओ मिडफिल्डलाई विश्वकै उत्कृष्ट ट्रिओ मिडफिल्डरको रुपमा हेरिने गर्दछ । रियलमा यि तीनै खेलाडीको सम्झौता सकिने संघारमा छ । सोही कारण पनि रियलले उनीहरुको विकल्पमा नया मिडफिल्ड तयार पारिरहेको छ ।
चुवामेनीले गत सिजन मोनाकोका लागि ५० खेल खेलेका थिए । मोनाको फ्रेन्च लिग वानमा तेस्रो हुँदा उनको प्रदर्शनले सबैको ध्यान खिच्न सफल भएको थियो । गत सेप्टेम्वरमा फ्रान्सको सिनियर टोलीमा डेब्यु गरेका चुवामेनीले फ्रान्सका लागि ११ क्याप जित्दा १ गोल गरेका छन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]