3 years ago
June 10, 2022
एजेन्सी – २–० ले पछि परेको स्थिति उल्ट्याएर दक्षिण कोरियाले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले पाराग्वेसँग रोमाञ्चक बराबरी खेलेको छ । कोरियाले पाराग्वेसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको हो ।
रागवेका मिगुइल अल्मीरोनले दुवै गोल गर्दा घरेलु टोलीका ह्युङ मिन सन र वु योङजंगले बराबरी गोल फर्काए । सुओनमा शुक्रबार राति भएको खेलको २३औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई सुरुआती अग्रता दिलाए । ४९औं मिनेटमा मिगुएलले व्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाए ।
६६औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै कोरियालाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा वु योङ जङले गोल गर्दै कोरियालाई २–२ गोलको बराबरीमा ल्याए ।
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]