3 years ago
June 9, 2022
एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको दुई गोलमा भारतले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह डी मा विजयी सुरुवात गरेको छ ।
वेस्ट बंगालमा बुधबार राति भएको खेलमा सुनिलले पहिलो र दोस्रो हाफमा गोल गरेपछि भारतले घरेलु मैदानमा कम्वोडियालाई २–० ले पराजित गरेको हो ।
विवेकानन्द युवा भारती क्रिरानगन कोलकातामा भरातले खेलको १४औं मिनेटमा सुनिलको पेनाल्टी गोलबाट भारतले सुरुवाती अग्रता लिन सफल भएको थियो । त्यसपछि ६०औं मिनेटमा सुनिलले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
भारतको सर्वाधिक गोलकर्ता रहेका सुनिलले १२७ क्याप जित्दा ८२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनी विश्वको सर्वाधिक गोलकर्ताको सुचीमा छैटौं स्थानमा रहेका छन् । उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (११७), अली दाई (१०९), मोख्तर दाहरी (८९), लियोनेल मेस्सी (८६) र फेरेन्क पुस्कास (८४) रहेका छन् ।
यही समूहको अर्काे खेलमा हङकङले अफगानिस्तानलाई २–१ ले पराजित गरेको छ । हङकङको जितमा वाइ ओङ र म्याथ्यिउ एलिओटले गोल गर्दा अफगानिस्तानका फर्साद नुरले एक गोल फर्काए ।
यो नतिजापछि समूह डी मा भारत र हङकङको समान ३ अंक भएपनि भारत शीर्ष तथा हङकङ दोस्रो स्थानमा रहेका छन् । अंकविहीन अफगानिस्तान र कम्वोडिया तेस्रो र चौथो स्थानमा रहेका छन् ।
नेपालले पनि छनोटको पहिलो खेलमा जोर्डनसँग २–० को हार बेहोरेको छ । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका थिए । पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाएका थिए । तर दोस्रो हाफमा जोर्डनले गोल गर्दै सहज जित हासिल गर्यो ।
पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर डेब्यु गरिरहेका गोलरक्षक दीपले मुसा मोहमद सुलेमानको प्रहार बचाउ गर्दै नेपाललाई खेलमा कायम राखे । उनले आफ्नो बायाँतर्फ डाइभ दिँदै बललाई पोस्टको दिशा दिएका थिए । उक्त प्रहार दीपको हातमा लाग्दै पोस्टमा लागेर क्लियर भएको थियो ।
६९औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लियो । अलि ओल्वानले सुन्दर फिनिस गर्दै जोर्डनलाई अघि बढाएका थिए । नेपालको डिफेन्स लाइन सुन्दर पासमा बिट भएपछि उनले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए ।
८२ औं मिनेटमा जोर्डनले खेलको दोस्रो पेनाल्टी पायो । सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि जोर्डनले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । हम्जा अल दार्दरले पेनाल्टी प्रहारमा गोलरक्षक दीपलाई विपरित दिशामा पठाउँदै अग्रता दोब्बर पारे ।
यसअघि समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले स्तब्ध पारेको थियो । यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]