3 years ago
June 9, 2022
एजेन्सी – एएफसी एसियन कप २०२३ छनोट तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग स्तब्ध बनेको छ । इन्डोनेसियाले कुवेतलाई २-१ ले पराजित गरेको हो ।
नेपाल सम्मिलित समूहको पहिलो खेलमा इन्डोनेसिया घरेलु टोली विरुद्ध पछि परेको थियो । ४१ औं मिनेटमा नासेर अल सुलेमानले गोल गर्दै कुवेतले अग्रता लिएको थियो । तर पहिलो हाफको अन्त्यतिर इन्डोनेसियाले खेलमा फर्कने अवसर पायो । मार्क क्लकले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
दोस्रो हाफको पहिलो मिनेटमा नै इन्डोनेसिया खेलमा फर्कन सफल भयो । राच्मत इरिआन्तोले कुवेतको कमजोर डिफेन्सको फाइदा उठाउँदै २-१ को अग्रता बनाए । कुवेतले खेलको अधिकांश समय बल पोसेसन राख्दै आक्रमणमा दबाब दिएपनि गोल गर्न भने सकेन ।
समूह अन्तर्गत आज नै हुने दोस्रो खेलमा नेपालले जोर्डनको सामना गर्दैछ । समूहको शीर्ष टोलीले सिधै एसियन कपमा स्थान पक्का गर्नेछ । यता दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोली पनि अर्को चरणमा प्रवेश गर्नेछन् ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]