default_image

8 years ago

December 13, 2016

थ्रि स्टारद्वारा एन्फासंग छ करोड क्षतिपुर्ति माग

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न बाट बञ्चित भएको विषयलाई लिएर आज पत्रकार सम्मेलनमार्फत छ करोडको क्षतिपुर्ति माग गरेको छ ।

ANFA Three Star Help
अगस्टमा एएफसी कपको समूह चरणमा विजेता बनेर छनोट भएको थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा)को लापरवाहीका कारण प्ले अफ खेल्नबाट बञ्चित भएको थियो ।

पटक पटक क्लब दर्ताका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले पत्राचार गरेपनि एन्फाले न त आफै त्यसको जवाफ दियो न थ्री स्टारलाई पनि कुनै सुचना नै दियो । उल्टो एएफसीको पटक पटकको इमेललाई वेवास्ता मात्र गरिरह्यो । जसका कारण पहिलो पटक आयोजना हुने एएफसी कपमा छनोट चरण पार गरेर पनि थ्री स्टार खेल्नबाट बञ्चित भएको हो।

एन्फाले सचिवालय कमजोरी भएको स्वीकार्दै हालै उपाध्यक्षमा मनोनित वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । थ्री स्टारको ठाँउ एएफसीले समूह चरणमा दोस्रो भएको मंगोलियाको इर्चिम क्लबलाई मौका दिएको छ ।

थ्रि स्टारले यो विषय समाधान नभएसम्म कुनै पनि फुटबल गतिविधिमा संलग्न नहुने जानकारी दिएको छ।

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

March 29, 2025

एनएसएल सुरु हुँदै – दुई विजेता खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुई‌टोली‌ बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]

March 29, 2025

बुटवलमा महिला फुटबल हुने

बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]

Success

Thank you for your time.