3 years ago
June 8, 2022
एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्ध नजिक पुगेको छ । रिपोर्टअनुसार लस ब्लान्कोस र मोनाको बीच सहमति भइसकेको छ ।
रियल म्याड्रिडले अर्को सिजनको लागि चुवामेनीलाई सम्झौता गरिसकेको र छिट्टै आधिकारिक घोषणा गरिने अपेक्षा गरिएको छ । उनको अनुबन्ध रकम र सम्झौता अवधिबारे केही खुलाइएको छैन । तर, उनको अनुबन्ध रकम ८५ मिलियन पाउन्डभन्दा बढी रहेको बुझिएको छ ।
जर्मन डिफेन्डर एन्टोनियो रुडिगर पछि नयाँ सिजनको लागि रियलको यो दोस्रो अनुबन्ध हो । रुडिगर फ्रि एजेन्टमा इंग्लिस क्लब चेल्सीबाट रियलमा अनुबन्धित भएका हुन् ।
२२ वर्षीय ओरलिएन चुवामेनीलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पिएसजीसँगै इंग्लिस क्लब लिभरपुलले पनि चासो देखाएको थियो । तर, पिएसजीको अन्तिम प्रयासलाई माथ दिदै उनले युरोपियन च्याम्पियन क्लब रोजेका हुन् ।
चुवामेनीको आगमनले रियलमा अब इडुआर्डाे कामाभिंगा, फेडे भाल्भेर्डे र चुवामेनीको ट्रिओ मिडफिल्ड बन्नेछ । यो ट्रिओले क्यासमिरो, लुका मोड्रिच र टोनी क्रुसको ऐतिहासिक र अत्यन्त सफल ट्रिओलाई विस्थापित गर्र्ने विश्वास गरिएको छ ।
क्यासमिरो, लुका र टोनीको ट्रिओ मिडफिल्डलाई विश्वकै उत्कृष्ट ट्रिओ मिडफिल्डरको रुपमा हेरिने गर्दछ । रियलमा यि तीनै खेलाडीको सम्झौता सकिने संघारमा छ । सोही कारण पनि रियलले उनीहरुको विकल्पमा नया मिडफिल्डर तयार पार्न लागि परेको छ ।
चुवामेनीले गत सिजन मोनाकोका लागि ५० खेल खेलेका थिए । मोनाको फ्रेन्च लिग वानमा तेस्रो हुँदा उनको प्रदर्शनले सबैको ध्यान खिच्न सफल भएको थियो । गत सेप्टेम्वरमा फ्रान्सको सिनिउयर टोलीमा डेब्यु गरेका चुवामेनीले फ्रान्सका लासग ९ क्याप जितिसकेका छन् ।
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]
December 18, 2024
एजेन्सी – फिफा द वेस्ट अवार्ड यो वर्ष भिनिसियस जुनियर र आइताना बोनमतीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा)ले प्रदान गर्ने अर्वाड कतारमा मंगलबार राति आयोजना भएको थियो।ब्राजिल तथा स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियसलाई पुरुषतर्फ र स्पेन तथा बार्सिलोनाकी बोनमतीलाई महिलातर्फ उत्कृष्ट वर्ष फूटबलर २०२४ घोषित भएका हुन्। मिडफिल्डर बोनमतीले लगातार दोस्रो वर्ष फिफा […]