3 years ago
June 7, 2022
हेटौंडा (हाम्रो खेलकुद) – उपाधिको बलियो दावेदार मनाङ– मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल पुलिस क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा मनाङलाई १–० ले स्तब्ध पार्दै पुलिस अन्तिम चारमा पुग्न सफल भएको हो । पुलिसको जितमा पहिलो हाफमा भरत साहले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको मनाङले ४०औं मिनेटमा बराबरीको सुवर्ण मौका खेर फालेको थियो । बिमल घर्तीमगरलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा अन्जन विष्टको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले बचाउँदै टोलीको अग्रतालाई यथावत राख्न सफल भएका थिए ।
गोल्डकपका लागि मनाङले मछिन्द्र फुटबल क्लबका विशाल श्रेष्ठ, विशाल राई, सुजल श्रेष्ठ र बिमल घर्तीमगरलाई खेलाएको थियो । पुलिसविरुद्ध लगातार उच्च प्रदर्शन गरेपनि फिनिसिङमा चुक्दा मनाङ पहिलो खेलबाट नै बाहिरिन पुग्यो ।
बुधबार तेस्रो क्वाटरफाइनल खेलमा विजय युथ क्लब र नज जन जागृति युथ क्लब सिमराबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । उपविजेताले १० लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले […]
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]