8 years ago
December 13, 2016
स्पेन (एजेन्सी)- गए राती भएर्को स्पेनिस ला लिगा अन्तर्गतको खेलमा भिल्लारियलले पहुना टोली एट्लेटिको मड्रीडलाई ३-०ले पराजित गर्यो । पछील्लो तीन सिजनमा एट्लेटिकोले ३ गोल खाएको यो दोस्रो पटक हो । यस भन्दा अगाडी अगिल्लो महिना रियल मड्रीड्सँग मात्र ३-०को पराजय बेहोरेको थियो ।
यो नतिजा पश्चात एट्लेटिको लिगको छैठौं स्थानमा पुगेको छ भने घरेलु टोली भिल्लायियल चौथो स्थानमा चडेको छ । लिगको दबेदार मानिएको एट्लेटिको १४ खेल सकिदासम्म अग्रस्थानमा रहेको रियल भन्दा १२ अंकले पछी परी सकेकोछ ।
घरेलु टोलिको लागि जोनाथन डस सान्तोसले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । पहिलो हाल्फमै दुई गोल गरेको भिल्लारियलको लागि त्रीगुइरोसले २८औं र सान्तोसले ३८औं मिनटमा गोल गरेका थिए । बिजेता टोलिको लागि अन्तिम गोल सोरियानोले खेलको अन्तिम मिनटमा गरेका थिए ।
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण आज सुरु हुँदैछ। संयोग पहिलो संस्करणमा जस्तै यसपटक पनि ललित सिटी एफसी र काठमाडौं रजर्सबीच उद्घाटन खेल हुँदैछ। ललितपुर साविक विजेता र रेजर्स पहिलो संस्करणको विजेता हो। यी दुईटोली बीच अघिल्ला दुवै संस्करणमा समान २ पटक भेट भएको थियो। ४ मध्ये रेजर्सले ३ र ललितपुरले […]
March 29, 2025
बुटवल (हाम्रो खेलकुद)- रुपन्देहीमा प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । बिस पचहत्तर युवा परिवारको आयोजना चैत २३ गते सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। एसियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक तथा बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा नेपाल र भारतको १ सहित ८ टोलीको सहभागिता […]