default_image

2 years ago

June 6, 2022

रोनाल्डो चम्कदा पोर्चुगलको सानदार जित

118 views

0 Bookmark

एजेन्सी – सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो चम्कदा पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा सानदार जित निकालेको छ । समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित दर्ता गरेको हो ।

लिस्वनमा आइतबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा रोनाल्डोले दुई तथा विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले समान एक गोल गरे । पोर्चुगल पहिलो हाफमा ३–० ले अघि रहँदा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको छैटौं मिनेटमा हरिस सेफेरोभिकको गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा स्वीट्जरल्यान्ड अग्रता लिनबाट चुकेको थियो । त्यसपछि भने घरेलु टोलीले खेलमा पकड बनाउँदै सानदार जित निकाल्न सफल भयो ।

१५औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोलगर्न सफल भएका थिए । त्यसपछि रोनाल्डोले पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा रोनाल्डोले जोटाकै पासमा गोल गर्न सफल भए । राष्ट्रिय टोलीबाट ३७ वर्षीय रोनाल्डोको यो ११७औं अन्तर्राष्ट्रिय गोल हो ।

उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । उनले गत वर्ष नै इरानका अली दाईको सर्वाधिक गोलको कीर्तिमानलाई तोडेका थिए । त्यसपछि ६८औं मिनेटमा जोओ क्यान्सेलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए ।

यो जितसँगै पोर्चुगल समूहमा शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । समान ४ अंक नै रहेपनि चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ । पोर्चुगलले पहिलो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो । स्पेन २ अंक जोडेर तेस्रो स्थानमा रहँदा स्वीट्जरल्यान्डले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिक र स्पेनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । चेकका जाुकव पेसिक र जान कुच्थाले गोल गर्दा स्पेनका पाब्लो गाभी र इनिगो मार्टिनेजले गोल गरे ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.