3 years ago
June 5, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेको कीर्तिमानी ह्याट्रिकमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा सानदार जित निकालेको छ ।
सेनेगलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बेनिनलाई ३–१ ले पराजित गरेको हो । बेनिनका जुनिअर ओलाइटनले एक गोल फर्काए । सेनेगलमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए ।
२२औं मिनेटमा मानेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे । ५१औं मिनेटमा पाहुना टोली बेनिन १० खेलाडीमा समेटिन पुग्यो । सेस्सी डि’अल्मेइडा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोलीलाई जित निकाल्न थप सहज भएको थियो ।
६०औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि सेनेगल खेलमा ३–० ले अघि बढ्यो । ८८औं मिनेटमा जुनियरले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सेनेगल विजयी हुन सफल भयो ।
बेनिनविरुद्धको ह्याट्रिकसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हेनरी कामराको २९ गोलको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् । २०१२ देखि राष्ट्रिय टोलीमा रहेका मानेले ९० क्याप जित्दा ३२ गोल गरेका छन् ।
December 19, 2024
एजेन्सी – आर्सनल, न्युकासल युनाइटेड र लिभरपुलले इङ्ग्लिस लिग कपको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधवार भएको खेलमा आ-आफ्नो खेल जित्तै तिन टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकको सहयोगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]
December 18, 2024
हिमाल खरेल, बिर्तामोड चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । डोमालाल रंगशालामा चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । […]