3 years ago
June 5, 2022
एजेन्सी – इटाली र जर्मनीले युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् । इटाली र जर्मनीले १–१ गोलको बराबरी खेलेका हुन् ।
इटालीको बोलोग्नामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लागि लोरेन्जो पेलिग्रेनीले गोल गर्दा जर्मनीका योसुवा किम्मिखले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो ।
घरेलु टोलीलाई दवावमा राखेपनि जर्मनीले पहिलो गोल खान पुगेको थियो । ७०औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले डेगनान्ड वेलफ्रेड जिनोन्टोको पासमा गोल गर्न सफल भएका थिए ।
तर, इटालीको त्यो अग्रता तीन मिनेट पनि टिकेन । ७३औं मिनेटमा योसुवा किम्मिखले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीपछि यि दुवै टोलीमा समूहमा एक अंक जोडेका छन् । जर्मनी दोस्रो तथा इटाली तेस्रो स्थानमा रहेका छन् । इंग्ल्यान्ड पुछारमा तथा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा रहेका छन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]