default_image

2 years ago

June 3, 2022

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको ‘सी’ डिभिजन लिगको अन्तिम राउन्डको खेलमा स्वयम्भु क्लबलाई ४–२ ले पराजित गर्दै झापा च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको हो ।

झापाको जितमा विशाल खवासले दुई तथा मनिष लिम्बु र पुजन राईले समान एक गोल गरे । स्वयम्भुका रोशन क्षेत्री र पाल्साङ लामाले गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै विशाल खवासको गोलबाट झापाले सुरुवात अग्रता लिन सफल भयो । ३९औं मिनेटमा विशालले नै गोल गर्दै झापाको अग्रता दोब्बर पारे । ४८औं मिनेटमा मनिष लिम्बुले गोल गरेपछि झापा सहज जिततर्फ अग्रसर बन्यो । ५१औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

५५औं मिनेटमा पुजन राईले गोल गर्दै झापालाई ४–१ ले अघि बढाए । ६७औं मिनेटमा पाल्साङ लामाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा झापा विजयी हुन सफल भयो ।

झापाले लिगको १३ खेलबाट ३४ अंक जोड्यो । दोस्रो हुँदै ‘बी’ डिभिजनमा बढुवा भएको प्लानिङ ब्वाइज युनाइटेड क्लबले ३१ तथा तेस्रो भएको आरसी ३२ फुटबल एकेडेमीले २९ अंक जोड्यो ।

लिगको अन्तिम राउन्डको अन्तिम म्याच डेबाट दोस्रो डिभिजनमा बढुवा हुने टोलीको टुंगो लागेको हो । प्लानिङ ब्वाइज र आरसी ३२ दोस्रो डिभिजनमा चढ्ने संघारमा रहँदा प्लानिङले सफलता हात पार्दा आरसी ३२ बराबरीमा रोकिदै सी डिभिजनमै कायम रह्यो ।

उपाधिसँगै झापाले १० लाख रुपैया हात पारेको छ । दोस्रो भएको प्लानिङले ७ लाख तथा तेस्रो भएको आरसी ३२ ले ४ लाख रुपैया हात पारेको छ ।

झापाका पारस कार्की प्लेयर अफ दि म्याच घोषित भए । उनले ५० हजार रुपैया हात पारे । महावीर क्लबले फेयर प्ले अवार्डसँगै ५० हजार रुपैया हात पारेको छ ।

प्लानिङका फागुराम थारु र सानेपाका खेम राज तामाङले समान १४ गोल गर्दै गोल्डेन बुट र ३५ हजार रुपैया बाँडेका छन् । प्लानिङका लोकेश चौधरी लिगको उत्कृष्ट गोलरक्षक घोषित भए । उनले ३५ हजार हात पारे ।

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कमाछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले पुरस्कृत गरे ।

१४ टोलीले सी डिभिजन लिगमा प्रतिस्पर्धा गर्दा वीरगन्ज युथ एकेडेमी र ओसिस क्लब रेलिगेसनमा परेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.