default_image

3 years ago

June 19, 2022

रियल म्याड्रिडमा बेलको शीर्ष ११ क्षण

119 views

0 Bookmark

एजेन्सी – वेल्सका ग्यारेथ बेलले ९ सिजनपछि स्पेनिस क्लब रियल म्याड्रिडलाई बिदाई गरेका छन् । बेलले रियल म्याड्रिडमा ९ सिजन बिताउँदा थुप्रै उतारचढावसँगै केही अविस्मरणीय क्षण समेत बिताएका छन् ।

रियल बसाईमा बेलको उपाधि, गोल र उत्कृष्ट प्रदर्शन, शारीरिक समस्या, शंकास्पद व्यवहार र क्लबप्रतिको उनको प्रतिबद्धतामा शंकाहरू रहेको थियो । सन् २०१३ मा त्यतिबेलाको क्लबको कीर्तिमानी रकममा बेल इंग्लिस क्लब टोटेनहम हटस्परबाट रियल आएका थिए । रियल बसाईको ९ वर्षमा उनको केही क्षणहरुलाई यहाँ केलाइएको छ ।

रियलमा अनुबन्ध, जेन्टोको ११ नम्वर जर्सी र पहिलो गोल
सेप्टेम्बर १ २०१३ मा रियल म्याड्रिड र टोटेनहमले अन्ततः बेलको स्थानान्तरण शुल्क वार्ताको तीव्र गर्मी पछि सहमत भए । १० करोड युरोको अन्तिम अंकले क्रिस्टियानो रोनाल्डोको खर्चलाई पनि पार ग¥यो ।

वेल्सम्यानमा म्याड्रिडको विश्वास यस्तो थियो कि उनलाई नम्बर ११ को जर्सी दिइएको थियो । जसलाई क्लब आइकन, पाको जेन्टोले उत्कृष्ट बनाएको थियो । बेलले सेप्टेम्बर १३, २०१३ मा लस ब्लान्कोसबाट डेब्यु गरे । भिल्लारियलविरुद्धको अवे खेलमा म्याड्रिडका दुई गोलमध्ये उनले एक गोल गरेका थिए ।

मेस्टाल्ला गोल
म्याड्रिड खेलाडीको रूपमा बेलको पहिलो ठूलो रात अप्रिल १६, २०१४ मा बार्सिलोनाविरुद्ध मेस्टालामा भएको कोपा डेल रे फाइनलमा आयो । खेल बराबरीको अवस्थामा चलिरहँदा बेलले फाबियो कोन्ट्राओबाट पास प्राप्त ग¥यो । गोलरक्षक पिन्टोलाई पोक गर्नुअघि उनको गतिले डिफेन्डर बाट्रालाई उछिन्यो ।

यो ८५औं मिनेट थियो र गोलले कार्लो एन्सेलोटीको म्याड्रिडलाई उपाधि दिलायो । जुन इटालियन प्रशिक्षकका लागि म्याड्रिडमा पहिलो उपाधि थियो ।

ला डेसिमा
केही हप्तापछि, बेलले म्याड्रिड खेलाडीको रूपमा आफ्नो दोस्रो उत्कृष्ट गोलको साथ आफ्नो हस्ताक्षरलाई औचित्यता दिलाए । यसपटक च्याम्पियन्स लिगको फाइनलमा म्याड्रिडले हारको सम्भावना देखाएको थियो ।

सर्जियो रामोसको ९३औं मिनेटको विजेताले सबै हेडलाइन बनायो, तर म्याड्रिडका फ्यानहरूले यो भुल्ने छैनन् कि बेलले पोचरको अन्त्यमा २–१ को अग्रता बनाएका थिए । म्याड्रिडमा आबद्ध भएको एक वर्षपछि बेलले १२ वर्षमा पहिलोपटक युरोपियन कप जितेका थिए ।

मिलानमा क्राम्स
अर्को सिजन (१४-१५) बेलको खेलको हिसाबले उत्कृष्ट नै थियो । तर, यो क्लब विश्वकप ट्रफी (जसमा उनले सान लोरेन्जोविरुद्ध फाइनलमा गोल गरेपनि उपाधि जित्न सकेन । (१५-१६) को सिजनमा मांसपेशी समस्याहरू पुनः दोहोरिने विषय बन्यो ।

(उनले १५ खेलहरू गुमाए), तर जिनेदिन जिदानले सिजनको अन्तिम स्ट्रेचमा उहाँमाथि भरोसा गर्न सक्षम थिए । उनी एट्लेटिकोविरुद्धको अर्को युरोपेली फाइनलमा म्याड्रिडका उत्कृष्ट खेलाडी थिए, रामोसको गोलमा निर्णायक भूमिका खेलेका थिए र अन्तिम सुटआउटमा म्याड्रिडको तेस्रो पेनाल्टीमा गोल गरेका थिए ।

लिस्बनमा चोट र कार्डिफमा विकल्प
१६÷१७ सिजनमा लिस्बनमा स्पोर्टिङविरुद्धको च्याम्पियन्स लिगको समूह चरणको खेलमा म्याड्रिड खेलाडीको रूपमा बेललाई सबैभन्दा गम्भीर चोट लागेको थियो । घुँडाको चोटले उनलाई तीन महिना खेल मैदानबाट बाहिर राखेको थियो । युभेन्टसविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा बेलको गृहनगर कार्डिफमा सुरु भएको इस्कोसँग उनले टोलीमा आफ्नो स्थान गुमाए । यद्यपि जिनेदिन जिदानले उपाधि सुरक्षित गरेपछि अन्तिम केही मिनेटमा उनलाई खेलाउन पर्याप्त दयालु थिए ।

किभका नायक
सन् २०१८ को किभमा भएको फाइनलमा बेलले लस ब्लान्कोससँग अन्तिम उत्कृष्ट प्रदर्शन गरे । उनी लिभरपुलविरुद्धको निर्णायक खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका थिए । परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका बेलले दुदई गोल गर्दा उनको एक ओभरहेड किक गोल युरोपियन कप फाइनलमा उत्कृष्ट गोलहरू मध्ये एक बनेको छ ।

त्यसपछि भने बेलको खराव सिजन सुरु भयो । जिदानको आत्मविश्वास गुमाए । खेलाडी र क्लबबीच असझदारी सिर्जना भयो । उनले म्याड्रिड भन्दा आफ्नो राष्ट्रिय टोली नै प्राथमिकतामा रहेको बताउन थाल्यो ।

चिनिया क्लबबाट प्रस्ताव
बेलले १८–१९ मा क्रिस्टियानो र जिदानले म्याड्रिड छोडेको, लोपेटेगुई र सोलारीको नेतृत्वमा छोटो स्पेल र फ्रान्सेली प्रशिक्षकको पुनरागमन देखेको सिजनमा उनी फिट हुनै सकेनन् । जिदान र बेल बीचको सम्बन्ध यति खराब थियो कि खेलाडीले २०१९ को समरमा चिनिया क्लबले अनुब्नध गर्ने प्रयास समेत गरेको थियो । तर म्याड्रिडले चिनियाँ कानूनद्वारा लगाइएको स्थानान्तरणमा आर्थिक सीमितताका कारण बिक्री रोकिन पुग्यो ।

‘गल्फ, वेल्स, म्याड्रिड’
अर्को सिजन बेल एक ब्याकअप खेलाडी बने । उनले त्यो सिजन २० खेलमा मात्र अवसर पाए । युरो २०२० को लागि छनोट भएपछि नोभेम्बरमा भएको ‘गल्फ, वेल्स, म्याड्रिड’ भन्ने नारासहित न त जिदान, न क्लब वा फ्यानहरूले उनको प्रसिद्ध ब्यानरलाई अघि बढाउन सकेनन् । उनले म्याड्रिडसँग लामो अनुपस्थिति (एक महिना) पछि खेले, र त्यो घटनाले बेल र समर्थकहरू बीचको सम्बन्धलाई निश्चित रूपमा समाप्त गरेको थियो ।

लोनमा टोटेनहम
ला लिगा सान्टान्डरको उपाधि जितले जिदानलाई बलियो बनायो र बेललाई लोनमा टोटनह्याम फर्कने ढोका खोल्यो । विंगर घुँडाको चोटको साथ लन्डन फर्के र, आफ्नो गोल स्कोरिङ फारम पुनः कब्जा गरे तापनि, उनले म्याड्रिडमा जस्तै, आफ्नो लागि भूमिका बनाउन संघर्ष गरे । उनले १६ गोल गरे, तर लन्डन क्लबले यो कदमलाई स्थायी बनाउन सकेन, र उनी म्याड्रिड फर्किए ।

कम अवसर र उपाधिबाट वञ्चित
म्याड्रिडमा बेलको भूमिका किभदेखि क्रमशः घट्दै गइरहेको थियो । उनले जुनै प्रशिक्षक आएपनि विरलै अवसर पाए । याृ सिजन बेलले बेवल ७ ला लिगा खेलमा मौका पाए ।

जिदानको प्रस्थान र क्लबमा उनको पहिलो प्रशिक्षक एन्सेलोटीको फिर्तीले पनि उनको भूमिका परिवर्तन गर्न सकेन । बेलले क्लबलाई आफ्नो चोटको कारण गोप्य राख्न आग्रह गरेका थिए । पछिल्लो चोटले उनी ला लिगाको च्याम्पियन टोलीमा समावेश हुन सकेन । उपाधि भने आफ्नो नाममा राख्न सफल भयो ।

December 19, 2024

अन्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]

December 19, 2024

लिभरपुल,आर्सनल र न्युक्यासल सेमिफाइनलमा

एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]

December 19, 2024

रियल म्याड्रिडले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं‌ मिनेटमा पोस्टको […]

Success

Thank you for your time.