default_image

3 years ago

June 3, 2022

ओसिसलाई हराउँदै प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनमा परिसकेको ओसिस क्लबमाथि सानदार जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ‘बी’ डिभिजनमा बढुवा भएको छ ।

‘बी’ डिभिजनमा उक्लन जित्नैपर्ने खेलमा ओसिसलाई ५–० को भारी अन्तरले तथा अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ बी डिजिनमा उक्लन सफल भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक पूरा गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले समान एक गोल गरे ।

फागु रामले खेलको तेस्रो, आठौं र १६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्जुन कुमार रानाले ५३औं मिनेटमा तथा ओम प्रकाहले ८२औं मिनेटमा गोल गर्दै प्लानिङलाई ‘सी डिभिजन लिगको अन्तिम खेलमा सानदार जित दिलाउँदै दोस्रो डिभिजनमा बढुवा गराए ।

२०१२ मा स्थापित प्लानिङले ९ खेलमा जित र ४ खेलमा अपराजित रहन सफल भयो । प्लानिङ सी डिभिजनमा अपराजित रहने एक्लो टोली हो । झापाले एक खेलमा हार बेहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार नै भएको अर्काे खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्ट्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि बी डिभिजनमा उक्लने अवसर गुमाएको छ । आरी ३२ लाई बी डिभिजनमा बढुवा हुन प्लानिङले अंक गुमाउनुपर्ने तथा आफुले जित निकाल्नु पर्ने समिकरण रहेको थियो । तर, नतिजा आफु अनुकुल निस्कन सकेन ।

जितसँगै प्लानिङले १३ खेलबाट ३१ अंक जोडेको छ । ओसिस ४ अंक जोडेर पुछारमा रह्यो । अब यसअघि नै बी डिभिजनमा बढुवा भइसकेको झापा फुटबल क्लबले अन्तिम खेलमा हार बेहोरेको खण्डमा प्लानिङ ‘सी’ डिभिजन च्याम्पियन बन्नेछ ।

बराबरी या जितले झापा नै सी डिभिजन च्याम्पियन बन्नेछ । झापाको १३ खेलबाट ३१ अंक छ । ओसिससँगै वीरगन्ज युथ एकेडेमी रेलिगेसनमा परिसकेको छ ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.