3 years ago
June 2, 2022
एजेन्सी – प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले हरेक वर्ष प्रदान गर्ने पीएफए प्लेयर अफ द इयर अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
पीएफएले अवार्डका लागि पिएफए पुरुष र महिला खेलाडी तथा पिएफए पुरुष युवा खेलाडी र महिला युवा खेलाडीको लागि समान ६ जनाको मनोनयन सार्वजनिक गरेको हो ।
पिएफए अवार्डको मनोनयनमा पुरुषतर्फ लिभरपुलका तीन खेलाडी मनोनयनमा परेका छन् । लिभरपुलका मोहम्मद सलाह, साडियो माने, भर्जिल भान डाइकले अघिल्लो दुई संस्करणको विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै मनोनयनमा टोटेनहम हटस्परका ह्यारी केन र म्यानचेस्टर युनाईटेडका क्रिस्टियानो रोनाल्डो पनि रहेका छन् ।
महिलामा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनलका समान दुई खेलाडी मनोनयनमा परेका छन् । सिटीकी एलेक्स ग्रीनवुड र लौरेन हेम्प, चेल्सीकी पर्निल हार्डर र साम खेर तथा आर्सनलकी किम लिटिल र भिभिएन मिदेमाले अवार्डको लागि प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुष युवातर्फको मनोनयनमा फरक क्लबबाट खेल्ने इंग्ल्यान्डकै ६ खेलाडी मनोनयनमा परेका छन् । म्यानचेस्टर सिटीका फिल फोडेन, क्रिस्टल प्यालेसका कोनर गल्लाघेर, चेल्सीका रिस जेम्स, एस्टन भिल्लाका ज्याकोव राम्से, आर्सनलका बुकायो साका र आर्सनलकै इमिल स्मिथ रोवी मनोनयनमा परेका छन् ।
महिलातर्फको युवा मनोनयनमा सिटीकी लौरेन हेम्प, चेल्सीकी लौरेन जेम्स, आर्सनलकी फ्रिडा मान्नुम, टोटेनहमकी जेसिका नाज, म्यानचेस्टर युनाइटेडकी एला टुन र ब्राइटनकी माया लि टिसिएर मनोनयनमा परेकी छिन् । सिटीकी लौरेन हेम्प महिलाको मनोनयनमा पनि परेकी छिन् ।
पीएफएले अवार्ड विजेताको नाम जुन ९ मा घोषणा गर्ने जनाएको छ ।
पुरुष पिएफए प्लेयर अफ दि इयर
भर्जिल भान डाइक (लिभरपुल)
ह्यारी केन (टोटेनहम)
साडियो माने (लिभरपुल)
क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)
मोहम्मद सलाह (लिभरपुल)
केभिन डे ब्रुएना (म्यानचेस्टर सिटी)
महिला पिएफए प्लेयर अफ दि इयर
एलेक्स ग्रीनवुड (म्यानचेस्टर सिटी)
पर्निल हार्डर (चेल्सी)
लौरेन हेम्प (म्यानचेस्टर सिटी)
साम खेर (चेल्सी)
किम लिटिल (आर्सनल)
भिभिएन मिदेमा (आर्सनल)
पुरुष पिएफए योङ प्लेयर अफ दि इयर
फिल फोडेन (म्यानचेस्टर सिटी)
कोनोर गल्लाघेर (क्रिस्टल प्यालेस)
रिस जेम्स (चेल्सी)
ज्याकोव राम्से (एस्टन भिल्ला)
बुकायो साका (आर्सनल)
इमिल स्मिथ रोवी (आर्सनल)
महिला पिएफए योङ प्लेयर अफ दि इयर
लौरेन हेम्प (म्यानचेस्टर सिटी)
लौरेन जेम्स (चेल्सी)
फ्रिडा मान्नुम (आर्सनल)
जेसिका नाज (टोटेनहम)
एला टुन (म्यानचेस्टर युनाइटेड)
मया दि टिसिएर (ब्राइटन)
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]