default_image

2 years ago

June 2, 2022

अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि

233 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीलाई पराजित गर्दै फाइनलिसिमाको उपाधि जितेको छ । कप्तान लिओनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले ३-० को सहज जित दर्ता गरेको हो ।

दक्षिण अमेरिकी च्याम्पियनका लागि लाउटारो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले १-१ गोल गरे । अर्जेन्टिनाको आक्रमणमा अधिकांश समय चलायमान देखिएका मेस्सीले २ असिस्ट दिँदा मार्टिनेजले पनि १ गोल निर्माण गरे । इंग्ल्यान्डको वेम्बली रंगशालामा पहिलो हाफमा नै टोलीले २-० को अग्रता लिएको थियो ।

खेलको २८ औं मिनेटमा अर्जेन्टिनाले मार्टिनेजको गोलमा अग्रता लिएको थियो । लिओनेल मेस्सीको कटब्याक पासमा मार्टिनेजले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा सहजै गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा डी मारियाले अग्रता दोब्बर पारे । उनले मार्टिनेजको थ्रु बललाई पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा डिबालाले गोल गर्दै सहज जित पक्का गरे । मेस्सीले अगाडी बढाएको बललाई डिबालाले पेनाल्टी क्षेत्र भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । इटालीको डिफेन्सले फितलो प्रदर्शन गर्दा अर्जेन्टिनाले सहज जित दर्ता गरेको हो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल भएको हो । फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउन खेल आयोजना भएको हो । सन् १९९३ मा भएको खेलमा अर्जेन्टिनाले डेनमार्कलाई पराजित गरेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । त्यसअघि सन् १९८५ मा भने फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै युरो कपको उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३–२ को जित हासिल गरेको थियो । लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाले १–० ले फाइनल जित्दा कप्तान लिओनेल मेस्सीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

September 21, 2024

लिभरपुलको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा लिभरपुल बर्नमाउथमाथि सहज जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिजनको चौथो जित निकाल्ने क्रममा लिभरपुलले शनिवार बर्नमाउथलाई ३-० ले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलका लागि २६औँ मिनेटमा डियाजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका […]

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

Success

Thank you for your time.