default_image

3 years ago

June 1, 2022

इटाली र अर्जेन्टिना फाइनलिसिमा उपाधिको लागि भिड्दै

203 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीच ‘फाइनलिसिमा’ उपाधिका लागि आज (बुधबार) राति प्रतिस्पर्धा हुँदैछ । यो खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी कन्मेबलबीच डिसेम्बर २०२१ मा भएको सम्झौता अनुसार खेल हुन लागेको हो । खेलको निर्धारित ९० मिनेट बराबरी भए सिधै टाइब्रेकरमार्फत खेलको निर्णय लिइनेछ ।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक स्थानमा ल्याउने जमर्को गर्दै २९ वर्षपछि पुनः खेल हुन लागेको हो । सन् १९९३ मा भएको खेलमा अर्जेन्टिनाले डेनमार्कलाई पराजित गरेको थियो । त्यसबेला डिएगो म्याराडोना सम्मिलित टोलीले डेनमार्कलाई पेनाल्टीमा पराजित गरेको थियो । त्यसअघि सन् १९८५ मा भने फ्रान्सले उरुग्वेलाई पराजित गरेको थियो ।

इटालीले सन् २०२१ जुनमा घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै युरो कपको उपाधि जितेको थियो । इटालीले टाइब्रेकरमा ३–२ को जित हासिल गरेको थियो । लगत्तै जुलाई २०२१ मा अर्जेन्टिनाले साविक विजेता ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाले १–० ले फाइनल जित्दा कप्तान लिओनेल मेस्सीले पहिलो अधिकारिक अन्तर्राष्ट्रिय उपाधि जितेका थिए ।

अर्जेन्टिनासँग कप्तान लियोनले मेस्सी, लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जियोभानी लो सेल्सो, गुइडो रोड्रिग्वेज, रोड्रिगो डि पउल, मार्काेस एकुना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, जुआन फोएथ र गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन् ।
यता, इटालीसँग लोरेन्जो इन्सिग्ने, जियानलुका स्कामाका, फेडरिको बर्नरडेस्ची, मार्काे भेराट्टी, जर्गिन्हो, निकोलो बरेल्ला, इमर्सन, जर्जियो चेलिनी, लियोनार्दाे बोनुची, जियोभानी डि लोरेन्जो र गोलरक्षक जियानलुइजी डोन्नररुम्मा टोलीमा रहेका छन् ।

यही खेलबाट ३७ वर्षीय भेट्रान डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नेछन् । उनले यसअघि नै यही खेलबाट नै सन्न्यास लिने घोषणा गरिसकेका छन् ।

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.