default_image

2 years ago

June 1, 2022

पोर्चुगिज युवा स्टार पिएसजीमा अनुबन्धित

104 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज युवा स्टार डिफेन्डर नुनो मेन्डिसलाई क्लबमा अनुबन्ध गरेको छ ।

पिएसजीले लेफ्ट ब्याक नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ३४ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । अब उनी २०२६ सम्म पिएसजीमा रहनेछ ।

नुनो गत सिजनको अगस्टमा लोनमै पिएसजीमा पुगेका थिए । राम्रो प्रभाव जमाएपछि उनलाई क्लबले स्थायी खेलाडी बनाएको हो । गत सिजन लोनमा भित्र्याउने क्रममा स्थायी खेलाडी बनाउने विकल्प रहेको थियो ।

पिएसजीका लागि गत सिजन ३७ खेल खेल्दा आफ्नो प्रभाव छाड्न सफल भएपछि उनलाई क्लबमै राख्न राजी भएको हो । उनले दुई असिस्ट पनि दिएका थिए ।

लिग वानको टिम अफ दि इयरमा परेको पिएसजीको चार मध्ये उनी पनि एक हुन् । १९ वर्षीय नुनोले पोर्चुगलका लागि १३ क्याप जितिसकेका छन् ।

July 4, 2024

मेस्सीले कोपा अमेरिका क्वाटरफाइनल खेल्नेमा शंका

एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह […]

July 3, 2024

यात्रा ग्रुप र नारायणगढको खेल बराबरी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा यात्रा ग्रुप भरतपुर र नारायणगढ फुटबल क्लब बराबरीमा रोकिएका छन् । भरतपुर ७ कृष्णपुरमा बुधबारको समूह बीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । दुबै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । यात्राका कप्तान शिशिरमान श्रेष्ठ म्यान अफ दि म्याच भए । यससँगै […]

July 3, 2024

उर्जनलाई यू–२० पुरुष टोलीको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उर्जन श्रेष्ठ यू–२० पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई युथ टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी प्रदान गरेको हो । पुर्व खेलाडी समेत रहेका श्रेष्ठसँग ‘ए’ डिभिजन लिगमा प्रशिक्षण सम्हालेको अनुभव छ । उनले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका […]

Success

Thank you for your time.