3 years ago
May 31, 2022
एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियर युइएफए च्याम्पियन्स लिग २०२१-२२ को सिजनको युवा खेलाडी घोषित भएका छन् ।
फाइनलमा विजयी गोल गरेका स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरलाई युइएफएको टेक्निकल प्यानले २०२१÷२२ को सिजनको युवा खेलाडी घोषित गरेको हो ।
२१ वर्षीय ब्राजिलियनले फाइनलमा लिभरपुललाई १–० ले हराउँदै रियललाई कीर्तिमानी १४औं उपाधि जिताएका थिए । उनले यो सिजन च्याम्पियन्स लिगमा १३ खेल खेल समग्रमा ४ गोल र ६ असिस्ट दिए । शनिबार राति भएको खेलको ५९औं मिनेटमा फेडे भाल्भर्डेको क्रसलाई भिनिसियसले फाइनल टच दिएका थिए ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले पनि ६ असिस्ट दिएका छन् । विशेष गरी यो सिजन बेन्जेमा र भिनिसियसको जोडी निकै जम्यो । भिनिसियसले बेन्जेमालाई गोलका लागि असिस्ट प्रदान गरे ।
पेरिसमा भएको फाइनलपछि म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले फुटबलमा सबैभन्दा कठिन कुरा गोल गर्नु रहेको र त्यसका लागि समय लिनु आवश्यक रहेको र यो सिजन त्यो काम भिनिसियसले गरेको बताए ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]