default_image

2 years ago

May 31, 2022

सी डिभिजनको एक खेल दशरथ रंगशालामा

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिग अन्तरगतको अन्तिम राउन्डको एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

आरसी ३२ फुटबल एकेडेमी

शीर्ष दुईमा पुग्ने होडमा रहेका आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले आ–आफ्ना प्रतिद्वन्द्वीसँग एकै समयमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पोर्ट्स एकेडेमी साँगा र आरी ३२ फुटबल एकेडेमीबीचको खेल दशरथ रंगशालामा गराउने निर्णय गरेको हो ।

ओएसिस क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीचको खेल सोही समयमा एन्फा कम्प्लेक्समा हुनेछ । खेल दिउँसो १२ः३० बजेपछि हुनेछ ।

सी डिभिजनको अन्तिम चरणका खेलहरु बधबारदेखि सुरु हुँदैछ । १२औं चरणको खेल सकिदा झापा शीर्ष स्थानमा रहँदै बी डिभिजनमा बढुवा भइसकेको छ । अब प्लानिङ ब्वाइज र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टोली बढुवा हुनेछ । ओएसिस क्लब र वीरगञ्ज युथ एकेडेमी भने रेलिगेशनमा परिसकेका छन् ।

अन्तिम राउन्डको पहिलो दिन दुई खेल हुनेछ । दोस्रो र तेस्रो दिन समान तीन खेल हुनेछ । झापा फुटबल क्लब १२ खेलबाट ३१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । प्लानिङ ब्वाइज र आरसी ३२ को समान २८ अंक छ ।

June 27, 2024

युरो कपको अन्तिम १६ मा बेल्जियम र फ्रान्स भिड्ने

एजेन्सी – युरो कप २०२४ को अन्तिम १६ मा बेल्जियमको प्रतिद्वन्दी फ्रान्स हुने भएको छ । समूह ई मा बेल्जियम उपविजेता बनेपछि बेल्जियमले क्वाटरफाइनलमा प्रवेशका लागि फ्रान्स विरुद्ध खेल्ने भएको हो । समूह चरणको अन्तिम खेलमा बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएको हो । उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को […]

June 26, 2024

लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् । टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश […]

June 26, 2024

नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनको विरुद्ध खेल्ने भएको छ । आयोजक लेबनान फुटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल जोर्डन विरुद्ध हुने भएको हो । नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल […]

Success

Thank you for your time.