default_image

2 years ago

May 30, 2022

पीएसजीबाटै च्याम्पियन्स लिग जित्ने नेयमारको चाहना

130 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार जुनियरले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाटै युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न चाहेको बताएका छन् ।

क्लब छाड्ने चर्चा चलिरहँदा नेयमारले पीएसजीमै रहने र पिएसजीबाटै च्याम्पियन्स लिग जित्ने चाहना व्यक्त गरेका हुन् । पीएसजीमा नेयमारको सम्झौता २०२५ सम्म रहेको छ ।

‘मेरो महत्वाकांक्षा सधैं उस्तै छ, सम्भव भएसम्म हरेक उपाधि जित्ने हो । अर्काे सिजन राम्रो खेल्दै विश्वकप र च्याम्पियन्स लिग जित्ने मेरो लक्ष्य हो ।’ नेयमारले भने, ‘पीएसजीसँग मेरो सम्झौता बाँकी नै छ । पिएसजी छाड्ने कुनै मनासय छैन । म पीएसजीमै हुनेछ ।’

नेयमार सन् २०१७ मा क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा पीएसजी आएका थिए । तर, नेयमारले पीएसजीबाट च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।

यस्तै एमबाप्पेले पीएसजीमा गरेको सम्झौता नविकरणबाट आँफु खुशी रहेको बताएका छन् । एमबाप्पेले स्पेनिस क्लब रियल म्याड्रिडको प्रस्तावलाई लत्याउँदै पीएसजीमा ३ वर्षको सम्झौता नविकरण गरेका थिए ।

September 21, 2024

महिला लिग – पुलिस र वालिङ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग,मा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले शनिवार वालिङ नगरपालिकासँग खेल्दैछ । लिगमा शनिवार हुने दोस्रो खेलमा पुलिस र वालिङ खेल्दैछन् । दशरथ रंगशालामा खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । पुलिस र वालिङको समान ६ खेलमा समान १२ अंक छ । गोलअन्तरले। पुलिस तेस्रो र वालिङ चौथो स्थानमा […]

September 21, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । चौथो खेलमा दोस्रो जित निकाल्नेक्रममा नासरले शुक्रवार अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गर्यो । नासरलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, एन्डसन टलिस्का र सलिम अलनाज्दिले समान १ गोल गरे । नासरका लागि रोनाल्डोले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । […]

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

Success

Thank you for your time.