default_image

2 years ago

May 30, 2022

झापा ‘बी’ डिभिजनमा बढुवा

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मोफसलको झापा फुटबल क्लब एक खेल बाँकी छँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको १२औं राउन्डको खेलमा वीरगञ्ज युथ एकेडेमीमाथि ५–० को फराकिलो जित निकाल्दै झापा एक खेल बाँकी छँदै ‘बी’ डिभिजनमा बढुवा हुन सफल भएको हो ।

शीर्षस्थानमा रहेको झापाले १२ खेलबाट ३१ अंक जोडेको छ । झापाले प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमीविरुद्ध ३ अंकको अग्रता लिएको छ । दुवै टोलीका समान २८ अंक छ । झापाले आरसी ३२ लाई हराएको छ । झापाले आफ्नो खेलमा हार भोग्ने र आरसी ३२ ले जितेको अवस्थामा हेड टु हेडमा झापा नै माथि रहनेछ ।

झापाले १२ खेल खेल्दा १० जित, समान एक बराबरी र हारको नतिजा निकालेको छ । अब प्लानिङ ब्वाइज र आरसी ३२ मध्येबाट एक टोली बढुवा हुनेछ ।

वीरगन्जविरुद्ध झापाको फराकिलो जितमा पुजन राईले ह्याट्रिकसहित चार तथा सन्तोष लावतीले एक गोल गरे । खेलको १३औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । उनले ६५औं मिनेटमा दोस्रो गोल थपे । त्यसपछि पुजनले ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सन्तोषले तथा पाँचौ मिनेटमा पुजनले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौ गोल गर्दै झापालाई सानदार जित दिलाए ।

झापासँगको हारसँगै वीरगन्ज रेलिगेसनमा परेको छ । वीरगन्ज १२ खेलबाट ५ अंक जोडेर १३औं स्थानमा रह्यो । महावीर क्लबसँग पराजित भएपछि ओएसिस क्लब पनि रेलिगेसनमा परिसकेको छ । ओएसिस १२ खेलबाट ४ अंक जोडेर पुछारमा छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.