3 years ago
May 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
परिवर्तनको नारा लिएर आएका कुनै समुहले पनि सोचेजस्तो परिवर्तन गर्न नसकेका कारण आफ्नो उम्मेदवारी रहेको उनले बताए । ‘२०-२५ वर्षमा प्रवृत्ति बदलिएन । मुख्य उद्देश्य कागजमा सुधार भनेपनि पछिल्लो कार्यसमितिले त्यसलाई सोच जस्तो अबलम्बन गर्न सकेन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच असमझदारी बढ्दा संस्थाले काम गर्न सकेन,’ उनले भने ।
एन्फाको समस्या आन्तरिक रुपमा सुल्झाउनु पर्ने भएपनि संघले त्यसो गर्न नसकेको उनले बताए । ‘एन्फामा भएका हरेक विवाद आन्तरिक रुपमा बनेका समितिले सुल्झाउनु पर्ने हो । वरिष्ठ उपाध्यक्ष र प्रशिक्षकको विवाद होस् वा प्रशिक्षक र खेलाडी, यी विवाद आन्तरिक रुपमा सुल्झाउन सकिन्थ्यो । तर वहाँहरू यसलाई बाहिर लगेर राजनितिकरण गर्न लाग्नुभयो । मेरो यसमा असहमति थियो,’ उनले बताए ।
पौडेलले उम्मेदवारीका लागि घोषणा पत्र सार्वजनिक गर्दै पाँच विषयलाई प्राथमिकतामा राखेका छन् । उनले सुशासन, पूर्वाधार, ग्रासरुट तथा युवा र महिला फुटबल, प्रतियोगिता तथा राष्ट्रिय टिम र सम्बन्धित पक्ष (दाँवधारी) लाई प्राथमिकतामा राखेका छन् । उनले नेपाललाई सन् २०२४ सम्ममा दक्षिण एसियामा उत्कृष्ट तथा २०२६ सम्म एसियाकै शीर्ष १० मा पुर्याउने लक्ष्य राखेका छन् ।
एन्फाको चुनाव असार ६ गते हुँदैछ । यसपटक अध्यक्ष पदका लागि हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दिइसकेका छन् । दुवै पक्षले ५० बढी प्रतिनिधिलाई घोषणा समारोहमा उपस्थित गराएका थिए । एन्फामा ८७ मताधिकार प्रतिनिधि रहेका छन् ।
पौडेलको उम्मेदवारी घोषणामा भने कोही मताधिकार प्रतिनिधि उपस्थित थिएनन् । उनले उम्मेदवारी दर्ता गर्दासम्म प्रस्तावक र समर्थक बन्न आवश्यक प्रतिनिधिको साथ पाउने आशा राखेका छन् । फ्रेन्ड्सको मताधिकार प्रतिनिधि रहेका अध्यक्ष दीपक थापा कर्मा छिरिङ शेर्पा प्यानलमा केन्द्रीय सदस्य उम्मेदवार रहेका छन् ।
पौडेल यसअघि दुई पटक फ्रेन्ड्स क्लबको अध्यक्ष रहिसकेका छन् । उनी हाल एन्फाको मार्केटिङ समितिको संयोजक तथा एएफसीको मार्केटिङ समितिको सदस्य रहेका छन् । उनी गणेश थापा एन्फा अध्यक्ष रहँदा केन्द्रीय सदस्य तथा मिडिया संयोजक समेत थिए ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
एजेन्सी – लिभरपुल, आर्सनल र न्युक्यासल युनाइटेड ले इंग्लिस लिग कपको सेमिफाइनलमा पुगेका छन् । बुधवार भएको खेलमा अलग अलग खेल जित्तिदै ३ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । गेब्रियल जिससको ह्याट्रिकमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा जिससले ५४औं, ७३औं र ८१औं मिनेटमा गोल गर्दै […]
December 19, 2024
एजेन्सी – रियल म्याड्रिडले फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। स्पेनिस टोलीले रियलले म्याक्सिन क्लब पचुकालाई ३-० ले हराउँदै उपाधि जितेको हो। कतारको लुसिया रंगशालामा भएको खेलमा केलियन एम्बाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरेका थिए। दुई वर्ष अघि विश्वकप फाइनलमा एमबाप्पेले ह्याट्रिक गरेकै मैदानमा रियलका लागि पहिलो गोल गरे। उनले ३७ औं मिनेटमा पोस्टको […]