default_image

2 years ago

May 23, 2022

रोहित पर्सिकमा अनुबन्धित

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनसियन लिग वान क्लब पर्सिक कदिरी एफसीमा अनुबन्धित भएका छन् । पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुबन्ध गरिएको जनाएको छ ।

३० वर्षीय रोहित लिग वान क्लब पर्सिजा जाकर्ताबाटै अर्काे लिग वान क्लब पर्सिकमा अनुबन्ध भएका हुन् । सम्झौता रकम र अवधि भने खुलाइएको छैन । इन्डोनेसियामा रोहितको यो तेस्रो क्लब हो । यसअघि रोहितले पर्सिजाबाट खेल्नुअघि सुरुवातमा पीएसपीएस पेकानबारुबाट लिग खेलेका थिए ।

पर्सिजाले रोहितलाई फुकुवा गरेको २४ घन्टा नबित्दै पर्सिकले आबद्ध गरेको हो । पर्सिजाले शनिबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत रोहितसँगको सम्झौता सकिएको र क्लबबाट अलग भएको घोषणा गरेको थियो ।

सन् २०१७ मा पर्सिजामा आबद्ध भएका रोहितले त्यहाँबाट पाँच सिजन लिग २०१८ मा लिग वानसहित चार उपाधि जित्न सफल भएका छन् । उनी त्यतिबेला लिग वानकै सर्वाेत्कृष्ट खेलाडी चुनिदै गोल्डेन बल जितेका थिए ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.