default_image

3 years ago

May 22, 2022

सन र सलाह दुवैलाई गोल्डेन बुट

261 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग २०२१-२२ अन्तर्गत २३ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका टोटेनहम हट्सपरका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् ।

दक्षिण कोरियाका सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए । यता दोस्रो स्थानमा रहेर लिग टुंग्याएको लिभरपुलका लागि मोहमद सलाहले अन्तिम दिन पनि गोल गर्दै २३ गोल पुर्याए । प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान रहेको छ ।

सलाहले सर्वाधिक गोलकर्ता सँगै सर्वाधिक असिस्टको पनि उपाधि जिते । उनले लिग अवधिभर १३ असिस्ट प्रदान गरेका थिए । उनले २३ गोल गर्ने क्रममा भने ५ पेनाल्टी प्रहार गरेका थिए । यता सनले ३५ खेल खेल्दै २३ गोल गरे । उनले कुनै गोल पेनाल्टीमा गरेनन् । उनले १ फ्रिकिक गोलसहित ७ असिस्ट प्रदान गरे । सन प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी हुन् ।

सिटीलाई लिग उपाधि

अन्तिम दिनको रोमान्चक खेलमा सिटीले लिग उपाधि जित्ने क्रममा एस्टन भिल्लालाई ३-२ ले पराजित गर्दा दोस्रो स्थानको लिभरपुलले पनि अन्तिम खेलमा वल्भ्समाथि जित दर्ता गर्यो । १ गोलले पछि परेको लिभरपुलले अन्तिममा ३-१ को जित दर्ता गरेपनि उपाधि जित्न सकेन । समग्रमा सिटी ३८ खेलमा ९३ अंकसाथ उपाधि जोगाउन सफल रहयो । यता लिभरपुल ३८ खेलमा ९२ अंकसाथ दोस्रो भयो ।

एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । खेलमा म्याटी क्यासले एस्टन भिल्लालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । उनले ३७ औं मिनेटमा लुकास डिग्नको पासलाई सदुपयोग गर्दै घरेलु मैदान म्यानचेस्टर सिटीका समर्थकलाई स्तब्ध पारेका थिए ।

दोस्रो हाफमा सिटीले आक्रामक सुरुवात गरेपनि गोल गर्न भने सकेन । ठिक विपरित निकै रक्षात्मक देखिएको भिल्लाले काउन्टर अट्याकमा अग्रता दोब्बर पार्यो । ६९ औं मिनेटमा ओली वाटकिन्सको पासमा कोउटिन्होले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक एडरसनले कुनै प्रतिक्रिया जनाउन सकेनन् ।

७६ औं मिनेटमा रहिम स्टर्लिङको पासमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो । ओलेक्जेन्डर जिन्चेन्कोको पासलाई रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

बराबरी गरेको दुई मिनेटपछि नै सिटीले अग्रता पनि लियो । केभिन डे ब्रुएनको क्रसमा गुन्डोगनले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै सिटीलाई अप्रत्याशित अग्रता दिलाए ।

यता अर्को तर्फ लिभरपुल खेलको तेस्रो मिनेटमा नै पछि परेको थियो । पेड्रो नेटोले राउल जिमिनेजको पासलाई सदुपयोग गर्दै एनफिल्डका समर्थकलाई निराश पारेका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले थियागो अलाकान्ट्राको पासलाई गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफमा एक समय सिटी २-० ले पछि पर्दा लिभरपुललाई उपाधि होडमा अघि बढ्न १ गोल आवश्यक थियो । तर सिटीले आफ्नो खेलमा लगातार ३ गोल गर्दै ३-२ को अग्रता लिएपछि मात्र लिभरपुल अघि बढ्न सक्यो । ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अघि बढाए । ८९ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेलमा सानदार जित दर्ता गर्दै टोटेनहम हट्सपर अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको लागि छनोट भयो ।

प्रिमियर लिगबाट रेलिगेसनमा परेको नर्विच सिटीको मैदानमा ५-० को फराकिलो जित हात पार्दै टोटेनहमले चौथो स्थान पक्का गरेको हो । टोटेनहमको जितमा ह्युङ मिन सन र डेजान कुलुसेभ्सकीले २-२ गोल तथा ह्यारी केनले १ गोल गरे ।

यस जितसँगै टोटेनहमले चौथो स्थान पक्का गर्ने क्रममा ३८ खेलमा ७१ अंक जोड्यो । आर्सनलले अन्तिम खेलमा एभर्टनमाथि ५-१ को सानदार जित हासिल गरेपनि २ अंकले पछि रहयो । टोलीले ३८ खेलमा ६९ अंक मात्र जोड्यो । आर्सनलले अर्को सिजन युरोपा लिग खेल्नेछ ।

टोटेनहमले खेलको १६ औं मिनेटमा कुलुसेभ्सकीको गोलमा अग्रता लिएको थियो । उनले रोड्रीगो बेन्टान्कुरको पासमा सहजै गोल गरे । ३२ औं मिनेटमा गोलरक्षक टिम क्रुलको फितलो पासको फाइदा उठाउँदै टोटेनहम २-० ले अघि बढ्यो । क्रुलको पासलाई रोड्रीगोले केनतर्फ दिएपछि केनले हेडरमार्फत गोल गरे ।

दोस्रो हाफको सुरुवातमा कुलुसेभ्सकीले सानदार गोल गर्दै ३-० को अग्रता दिलाए । ७० औं मिनेटमा लुकास मौराको पासमा सनले व्यक्तिगत पहिलो गोल गरे । त्यसको ५ मिनेटपछि पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गर्दै सनले ५-० को अग्रता दिलाए । अन्तिम खेलमा २ गोलसँगै सनले यस सिजन गोलसंख्या २३ पुर्याउँदै सर्वाधिक गोलकर्ताको पुरस्कारमा बराबरी गरे ।

December 16, 2024

आर्मी झापा कपबाट बाहिरियो, सलहेश सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड उपाधिको दाबेदार मध्ये त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २-० ले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेश आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले […]

December 16, 2024

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा,पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक‌ विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी दिएको‌ छ। फागुनमा प्रतियोगिता हुने भने पनि मिति भने पछि तय हुने बताइएको छ । सहभागी टोलीको लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले  […]

December 16, 2024

बार्सिलोना पराजित, एट्लेटिको दोस्रो स्थानमा

एजेन्सी- स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनाले अंक दूरी बढाउने मौका चुकाएको छ। बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । चौथो मिनेट मै सर्जियो गोन्जालेजले गरेको गोल बार्सिलोनालाई हराउन पर्याप्त बन्यो । अर्को खेलमा एट्लेटिको मड्रिड विजयी हुँदै दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा गेटाफेलाई १-० ले हराउँदै एट्लेटिको रियल म्याड्रिडलाई‌ […]

Success

Thank you for your time.