default_image

8 years ago

December 11, 2016

एन्फा पदाधीकारीहरु लाज लागोस

127 views

0 Bookmark

bikram

विक्रम आचार्य – फुटबल आजको यस धर्तिका मानव प्राणीहरुको दैनिकी बनेको छ । विश्वको शक्तिशाली देशका नेता, राष्ट्रपतिलाई बरु कमैले चिन्लान, तर विश्वमा चर्चित कोही छ भने फुटबलर नै छन् ।

विश्व चर्चित दुई खेलाडी,अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्चियानो रोनाल्डोका समर्थकबीचको जुहारी सामाजिक सञ्जालमा मात्र होइन , कतिपय अवस्थामा ठूलै दुर्घटना पनि घटेको बेलाबखत सुनिन्छ । फुटबलको विश्वव्यापीकरणले यसरी संसारलाई छोएको छ कि,मुलभुत रुपमा आम फुटबलप्रेमी निन्द्रा बिगारेर युरोपियन लिग नेपालमा पनि मज्जैले हेर्छन ।

व्यवसायिकता र प्रबिधिले संसारको खेल संरचना बदलिएको छ , अरबका सेठहरुको लगानी युरोपियन फुटबल बजारमा बढ्दो छ । विश्वका शक्तिशाली दुई मुलुक चीन र अमेरिकाले आफ्नो घरेलु फुटबलमा ठूलो लगानी गरिरहेका छन् । सन् २०२२ को विश्व कप आयोजना गर्न लागेको मुलुक कतारले फुटबललाई मध्य एसियामा अझ मलजल गर्न युरोपियन लेजेन्डहरुलाई घरेलु लिगमा ठूलो धनराशी खर्च गरेर भित्राइरहेको छ ।

ANFA

छिमेकी देश भारतले पनि विश्व फुटबललाई छुने कोसिस गरिरहेको छ, तर हामी भने जाबो मेल अकाउन्टको नियमित प्रयोग गर्न नसक्ने वा नियोजित ढंगबाट काम गर्ने हरुलाई फुटबलको नियमनको जिम्मा दिइरहेका छौ । आज रुस्लान थ्रीस्टारले एएफसी कप खेल्न नपाउनुको दोष ( अध्यक्ष नरेन्द्र श्रेष्ठ , महासचिव धिरेन्द्र प्रधान , वरिष्ठ उपाध्यक्ष मणी कुँवर ) कसैलाई मुख्यरुपमा गएपनि नेपाली फुटबलको तल्लो निकाय जिल्ला संघ देखि नै एउटा यस्तो झुन्ड वा जमातले फुटबल चलाईरहेको छ, जुन झुण्डहरुको दिमागमा चाप्लुसी कित दादागिरी बाहेक अन्य केही छैन भन्दा फरक पर्दैन । अध्यक्षमा चुनाव जितेपछि श्रेष्ठ पारिवारिक भ्रमणमा अस्ट्रेलिया पुगे ( उनको दिमागमा एएफसी कप भन्दा अरु कुरा नै धेरै थियो भन्नेमा अब दुइमत छैन ) ।

एन्फाका पदाधिकारी मात्र होइन , कर्मचारी हरु समेतलाई आफ्नो काम र कर्तब्यको बोध नभएको यो प्रतिनिधिमुलुक घटना हो , एन्फामा बिभिन्न तहमा कर्मचारी कार्यरत छन ( तर ति कर्मचारी कसरी एन्फामा नियुक्त हुन्छन ? यो प्रश्न पनि सोध्न मन लागेको छ ? भारतको गोवामा बसेर म्याच कमिस्नरको भूमिका निभाएका सिइओ ईन्द्रमान तुलाधरले श्रीकुमारीका खेलाडीले रेफ्री सुदिश पाण्डे पिटेको देखेको हासस्यपद घटना हुँदा पनि , एन्फाको भोट राजनीतिमा दरिलो अंग ( संकटाका तुलाधार) फुटबलको प्राबिधिक र मौलिकता बाट चुक्दा पनि उनलाई हल्लाउन समेत सकिएन ।

सन्तोष साहुखल ३ बित्ता पर लढ्दा ( पहेलो कार्ड दिएर पनि फिफाको मान्यता तोड्दै नवीन न्यौपानेलाई प्रतिबन्ध गर्ने एन्फा (तोरी लाहुरेहरुको ) एउटा यस्तो झुन्ड हो , जसले यहाँ जे गरेनी गणेश राजाका भारदारहरु बिरासत थामी रहेका छन् । एएफसीको इमेल लाई लापरवाही गरेर छनोट भएको प्रतियोगितामा एन्फाको हिमायाती क्लब मानिने थ्री स्टारको नै सहभागिता रोकिनु रहस्यमय नेपाली फुटबल उदांगो बनेर लडेको छ । फिफाले किकआउट गरेर खेदाएको बर्षौपछि एन्फाको टोयटा फर्चुन कार फिर्ता पाएको कुरा आउँदा के के न भए जस्तो गर्व गर्ने स्वाठ हरुलाई यो प्रश्न , यत्तिका दिन सम्म श्री ५ गणेश विर विक्रमको नोकरबाजीको उपहार यत्ती हो त ?

पुरातनवादी काठमाडौं खाल्डोका क्लबहरुका हाकिमहरु र जिल्लामा राजनैतिक दलका भरौटे गुण्डाले भरिएका जिल्ला फुटबल संघका नोटे हरुका कारण फिफा र एएफसीको कुनै बोल्ड कदम बिना नेपाली फुटबलले लामो समयसम्म यो देशलाई केही दिन सक्दैन , मात्र यो संरचना र संगठित राजनैतिक दादागिरीको अन्त्य हुने मात्र हो भने पनि नेपाली जनताको फुटबल प्रेम , समर्थन शक्तीको आधारलाई हेर्दा मात्रै फुटबलले देशलाई धेरै दिन्छ , पंक्तिकार देशको कायापलट खेलकुद पर्यटनका माध्यम बाट गर्न सक्ने सम्भावनाका योजना हरुलाई ल्यापटपका डिस्प्ले र कागजका प्रोजेक्ट हरुमा खेलाउदै त्यसलाई भविष्यको धरातल सँग वास्तविकताको गोरेटो सम्म पुर्याउने सपना देख्ने एक आम नेपाली हो । झापाका कर्ण लिम्बुहरु काठमाडौंका गल्लीहरुमा क्लब खोजेर उदाएकाका प्रतिभा हुन , जसलाई यो राज्यको चाप्लुसी फुटबल केन्द्रले राष्ट्रका लागि गोल गर्ने सपनामा किला ठोकिदिएको यथार्थ हो । नेपाल आमाले क्षमतावान छोराहरु जन्माउदा पनि , केही ठेकदार हरुले केही छोराहरुको क्षमतालाई दबाइदिए, कुल्चिदिए ।

समय र परिस्थिती सगै नेपाली फुटबलको प्रशासन देखि प्रावीधिक टोली हरु कत्ति ठाउँमा चुके , तर पनि कहिल्यै सिकेनन् । साफ च्याम्पियनसिप २०१५ मा जर्सीको प्राविधिकता नबुझेका टिम म्यानेजर रमेश रायमाझी ( मात्र मेनेजर पद बाट हटाइए तर उनको विरासत एन्फामा कायम छ । स साना उपलब्धिहरु साफ २०१५ पछि नेपाली फुटबलले पाएको भएपनि उत्सव र महोत्सब गर्ने खालको त्यस्तो कुनै प्रगति भने भएको होइन भन्ने यथार्थलाई दुनियाँ सामु भन्न पंक्तिकार डराउदैन । भारत बिरोधी राष्ट्रियता मानसिकता र भुराजनैतीक तवरको क्षणिक उत्साहले सागको मेडल जित्दा नेपाली समाजले मनाएको चित्कारलाई पंक्तिकारले त्यो बेला पनि लहडको उत्सब भनेथ्यो भने आज पनि भन्छ र त्यो चाहे बंगबन्धु होस् वा सोलीडारिती दुवैमा लागु हुन्छ । किनकी फिफाको फुटबल आँखालाई पंक्तिकार सम्मान गर्दछ र मुल्याङ्कन गर्दछ न की , भावनामा रुमलिने यो समाजको परम्परावादी भ्रमित मान्यतालाई ।

आजसम्म एन्फाले कत्ति पटक लिग ग¥यो , कुन कुन संरचना ग¥यो ( अदुरदर्शी नेतृत्व) चाप्लुसीका कारण नेपाली फुटबल आज दुनियाँलाई हल्लाईरहेको फुटबल जस्तो छैन । एउटा सिट्ठी लिएर , पिठो र चुनाको लाइनमा ढंगे मैदानमा टोले र भाले कप खेल्दै चाउचाउ खाएर खेल्न विवस छन्, आज हाम्रा खेलाडी । आफ्नै मेहनत र पसिनाले घण्टौको ट्रान्जिट कटेर मंगोलिया पुगेर जितेको एउटा चरणलाई गैरजिम्मेवारी हर्कतका कारण अर्को चरण खेल्न नपाउने बनाउने यी नेपाली फुटबलका धब्बाहरु हुन् , जसले फुटबलको नाममा राजनीति गर्न बाहेक केही सिकेनन् । फरक कोण बाट हेर्दा यो नियतवश पनि हुन सक्छ , थ्री स्टारका पदाधिकारीहरु स्वयम चारित्रिक रुपमा सातदोबाटोको सेतो घरको साम्राज्य र थापा महाराज उपनिवेशमा थुप्रै बर्ष बसिसकेका हुन् , छानबिन एन्फाले होइन , यो राष्ट्रको इज्जत प्रतिको धोका हो ( त्यसैले यो छानबिन नेपाली प्रहरी , स्पोर्टस राडार र एएफसी स्वयमले गर्नु पर्छ ।

देशको प्रतीनिधी क्लब रहेको र प्रतियोगिता राष्ट्रको गौरबका लागि ठूलो भएकोले यो म्याच फिक्सिङ जत्तिकै देशद्रोह हो र यसको चाडो भन्दा चाडो छानबिन गरी दोषी उपर कारवाही हुनु पर्छ ) यो ठीक बेला म नेपाल प्रहरीका एसएसपी सर्बेन्द्र खनाललाई सम्झीरहेको छु । पदाधिकारी देखि टिके कर्मचारी सम्मलाई छानबिनको कठघरामा ल्याउदै नेपाली फुटबल प्रेमीलाई न्याय चाहिन्छ ।

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

September 22, 2024

बेलबारी गोल्डकपको ट्रफी सार्वजनिक

हिमाल खरेल, बिर्तामोड बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । गोल्डकपको मूल्य झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दैै गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो । बेलबारी ११ निवासी […]

September 22, 2024

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , […]

Success

Thank you for your time.