default_image

2 years ago

May 21, 2022

ट्याम्मीको कीर्तिमानमा रोमाको सानदार जित

75 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमको कीर्तिमानी गोलमा रोमाले इटालियन सिरी ‘ए’ मा सानदार जित निकाल्दै सिजनको अन्त्य गरेको छ ।

रोमाले घरेलु टोली टोरिनोलाई ३–० ले पराजित गरेको हो । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले एक गोल थपे ।

टोरिनोमा शुक्रबार राति भएको खेलको ३३औं मिनेटमा ट्याम्मीको गोलबाट रोमाले सुरुवाती अग्रता लिन सफल भयो । उनले लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा ट्याम्मीले पेनाल्टीमार्फत गोल गर्दै रोमाको अग्रता दोब्बर पारे । त्यसपछि ७८औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले पेनाल्टीमा गोल गर्दै रोमाको सानदार जित पक्का गरे ।

टोरिनोविरुद्ध दुई गोल गरेसँगै ट्याम्मी इटालियन सिरी ‘ए’ मा एकै सिजन सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी बनेका छन् । इंग्लिस क्लब चेल्सी र एस्टन भिल्लाका पुर्व फरवार्ड ट्याम्मीले सिरी ‘ए’ मा यो सिजन १७ गोल गर्न सफल भए । यसअघि यो कीर्तिमान १९६१–६२ को सिजनमा ग्यारी हिटचेनले इन्टर मिलानबाट एकै सिजन १६ गोलको कीर्तिमान राखेका थिए ।

यो जितसँगै रोमा छैटौं स्थानमा रहँदै अर्काे सिजनको युरोपा लिगको लागि छनोट भएको छ । रोमाले ३८ खेलबाट ६३ अंक जोड्यो । टोरिनो ५० अंक जोडेर ११औं स्थानमा रह्यो ।

ट्याम्मीले यो सिजन आफ्नो लागि निकै राम्रो रहेको र ट्रफीका साथ सिजनको अन्त्य गर्न सक्ने बताएका छन् । २४ वर्षीय ट्याम्मी २०२१ मा इंग्लिस क्लब चेल्सीबाट ३४ मिलियन पाउन्डमा रोमामा अनुबन्ध भएका थिए । रोमाले अब बुधबार राति युरोपा कन्फ्रेन्स लिगको फाइनलम फियोनुर्डसँग खेल्दै सिजनको अन्त्य गर्नेछ ।

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

July 3, 2024

टर्की युरोको क्वाटरफाइनलमा

एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन […]

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो । २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए । दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले […]

Success

Thank you for your time.