default_image

2 years ago

May 18, 2022

फुटबल विवाद – छानविन समितिले प्रतिवेदन बुझायो

561 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानविन गर्न गठित ३ सदस्यीय समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाएको छ ।

सेनाका पूर्व उपरथी समेत रहेको पूर्व राष्ट्रिय खेलाडी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा पूर्व खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेका थिए । समितिका संयोजक राणाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको थियो ।

समितिले सात दिन भित्र प्रतिवेदन एन्फाले सार्वजनिक गरेर कार्यान्वयनमा लाने विश्वास व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले प्रतिवेदनको अध्ययन पछि कार्यान्वयन गरिने बताएका छन् । प्रतिवेदन बुझेपछि तुलाधरले भने,‘समितिले बुझाएको प्रतिवेदन कार्यन्वयन सचिवालयले नै गर्न सक्छ वा कार्यसमिति मै लैजानु पर्छ भन्ने हामी प्रतिवेदन अध्ययन गरेपछि मात्र बताउँन सक्छौं ।’

समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ । एन्फाले समितिलाई ७ दिनको समय दिइएको भएपनि स्थानिय निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाएको छ ।

समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव तुलाधरलेलगायत पदाधिकारी, प्रशिक्षक अल्मुताइरी, व्यवस्थापक र क्याम्पभित्र रहेका १ खेलाडीसहित १० खेलाडीसँग सोधपुछ गरेको थियो । एसियन कप छनोटको तयारीमा रहेका टोलीका १० सदस्यले अलमुताइरीले क्याम्प छोड्न भनेपछि निस्केको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए ।

टोलीका १० खेलाडी नहुँदा एन्फाले १७ खेलाडी थप जानकारी दिएको थियो । यसबीचमा प्रशिक्षणमा रहेका खेलाडीसहित टोलीले नेपालमै रहेका अफ्रिकी खेलाडी सम्मिलित टोलीसँग भने मैत्रीपूर्ण खेल खेलेको छ । तीन खेलमा १ जित, १ बराबरी र १ हारको नतिजा निस्किएको छ । नेपाली टोलीले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भनेपनि हालसम्म एन्फाले कुनै जानकारी दिएको छैन ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.