3 years ago
May 17, 2022
एजेन्सी – शीर्ष चारको दौडमा रहेको आर्सनल न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । आर्सनल घरेलु टोलीसँग २–० ले स्तब्ध बनेको हो ।
सेन्ट जेम्स पार्कमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा ब्रुनो गुइमारेइसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
प्रतिस्पर्धात्मक बनेको खेलको ५५औं मिनेटमा बेन ह्वाइटको आत्मघाती गोलबाट आर्सनल खेलमा पछि परेको थियो । त्यसपछि ८५औं मिनेटमा ब्रुनो गुइमारेइसले गोल गर्दै आर्सनललाई २–० ले स्तब्ध पारे ।
न्यूक्यासलसँगको हारसँगै आर्सनलको शीर्ष चारमा धक्का लागेको छ । हारसँगै आर्सनल ३७ खेलबाट ६६ अंक जोडेर पाँचौ स्थानमा यथावत रहँदा चौथो स्थानमा उक्लने मौका गुमाएको छ । चौथो स्थानमा रहेको टोटेनहम हटस्परको ६८ अंक छ । न्यूक्यासल ४६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
अब आर्सनललाई शीर्ष चारमा रहेर आगमी सिजनको च्याम्पियन्स लिग खेल्नका लागि आफु अनुकुल नतिजा निकाल्नुपर्नेछ । आफ्नो अन्तिम खेलमा जित तथा चौथो स्थानको टोटेनहमले हार बेहोर्नुपर्ने हुन्छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]