default_image

8 years ago

December 10, 2016

झापालाई हराउँदै चर्च ब्वाइज शरणामती गोल्डकपको फाइनलमा

100 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) – चर्च ब्वाइज क्लब, काठमाडौें अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता शरणामती गोल्ड कपको उपाधि नजिक पुगेको छ । जनता उच्च माविमा शनिबार भएको खेलमा रमपम झापा ११ लाई गृह जिल्लामै १–० ले स्तब्ध पार्दै चर्च ब्वाइज फाइनलमा पुगेको हो ।

11

चर्च ब्वाइजले मंगलबार हुने फाइनलमा आयोजक शरणामती फ्रेन्ड्स क्लबको सामना गर्नेछ । ४७ औं मिनेटमा चर्च ब्वाइजका अफ्रिकन खेलाडी लावल केर्डिकले गरेको हेड गोल नै खेलको निर्णायक बनेको थियो । झापाले पटक पटक गोल फर्काउने मौका चुकाएको थियो ।
शरणामती फ्रेन्ड्स क्लबको आयोजना हुन प्रतियोगिताको विजेता टोलीले उपाधि सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछ । जनता उच्च माविको खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो हुने टोलीले ६१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको म्यान अफ दी सिरिजले १० हजार रुपैयाँ पाउनेछन् भने हरेक खेलको म्यान अफ दी म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड र उच्च गोलकर्ताले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

12

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

September 22, 2024

बेलबारी गोल्डकपको ट्रफी सार्वजनिक

हिमाल खरेल, बिर्तामोड बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । गोल्डकपको मूल्य झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दैै गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो । बेलबारी ११ निवासी […]

September 22, 2024

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , […]

Success

Thank you for your time.