3 years ago
May 16, 2022
एजेन्सी – शीर्ष चारको दौडमा रहेको एट्लेटिको म्याड्रिड र क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएका छन् ।एट्लेटिको घरेलु मैदानमा शीर्ष चारकै दौडमा रहेको सेभियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
एट्लेटिकोले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । एट्लेटिकोका जोश जिमिनेजले गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काए ।
वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलको ३०औं मिनेटमा जोश जिमिनेजको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा एट्लेटिको अंक बाड्न बाध्य बन्यो । ८५औं मिनेटमा युस्सुफ इन न्यास्रीले गोल गर्दै सेभियालाई हारबाट जोगाए ।
यो बराबरीसँगै एट्लेटिको ६८ अंक जोडेर तेस्रो स्थानमा रहँदा सेभिया ६७ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।
अर्काे खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीविरुद्ध लगातार दवाव सिर्जना गरेपनि बार्सिलोनाले गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यो बराबरीसँगै बार्सिलोना ३७ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । गेटाफे ३९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]