default_image

2 years ago

May 15, 2022

केनको गोलमा टोटेनहमको जित

213 views

0 Bookmark

एजेन्सी – फरवार्ड ह्यारी केनको पेनाल्टी गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ । टोटेनहमले घरेलु मैदानमा बर्नलेलाई १–० ले पराजित गर्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार साँझ भएको खेलमा घरेलु टोलीले ६९ प्रतिशत बल पोसेसन राख्दै लगातार दवाव बढाएपनि गोलको लागि पेनाल्टीकै सहारा लिनुपरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । एस्ले बार्नेसले पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै टोटेनहमलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् ।

त्यसपछि दोस्रो हाफमा पनि टोटेनहमले लगातार दवा सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफमा केनले गरेको पेनाल्टी गोल नै टोटेनहमको जितमा निर्णायक बन्यो ।

यो महत्वपूर्ण जितसँगै टोटेनहमको ३७ खेलबाट ६८ अंक जोडेर चौथो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ६६ अंक छ । पराजित बर्नले ३४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.