default_image

3 years ago

May 13, 2022

मार्सेलोको रियलमै बस्ने चाहना

167 views

0 Bookmark

एजेन्सी – ब्राजिलीयन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिडमै बस्ने चाहना राखेका छन् । रियलमा मार्सेलोको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ । तर, ३४ वर्षीय मार्सेलोले क्लबमा विरलै मौका पाएपनि अझैपनि रियलमै रहने चाहना राखेका हुन् ।

मार्सेलोले रियलबाट बाहेक अन्य क्लबबाट खेल्ने चाहना राखेका छैनन् । गत सिजनदेखि नै मार्सेलोको भविष्यबारे चर्चा भइरहेको छ । पेरिसमा मे २८ मा हुने च्याम्पियन्स लिगको फाइनलपछि रियल म्याड्रिडमा उनको भविष्यको छिनोफानो हुने देखिन्छ ।

आफ्नो ३४औं जन्मदिनको नजिकै रहेका रियल म्याड्रिडका डिफेन्डरले अझैपनि आफूसँग १८ वर्षको उमेरमा २००७ मा सामेल भएको टोलीसँग जारी राख्न सक्ने बल र क्षमता रहेको महसुस गरिरहेका छन् । जहाँ उनी लस ब्लान्कोससँग सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।

यस सिजनमा अहिलेसम्म मार्सेलोले १७ खेल खेलिसकेका छन् । च्याम्पियन्स लिगमा चेल्सी विरुद्धको अतिरिक्त समयमा उनको योगदान उल्लेखनीय रहेको थियो । उक्त खेलमा घाइते भएका उनी त्यसयता मैदान बाहिर छन् ।

मार्सेलोको विषयमा क्लबको केही धारणा आइसकेको छैन । टोलीका अर्काे भेट्रान मिडफिल्डर लुका मोड्रिचको विषयमा भने क्लब सचेत छ । इस्को र ग्यारेथ बेल अन्य दुई खेलाडी हुन् जसको सम्झौता दुई महिना भन्दा कममा समाप्त हुनेछ र दुवैलाई पहिले नै थाहा छ कि उनीहरू रियल म्याड्रिडमा बस्ने छैनन्।

मार्सेलोमा अन्य क्लबको चासोको कुनै कमी छैन, तर उनी रियल म्याड्रिडमा बस्न कटिबद्ध छन् । यद्यपि उनको खेलको समय फर्लान्ड मेन्डीको उपस्थितिको कारण सिमित रहनेछ । फ्रान्सेली अनुपस्थित हुँदा नाचोले प्राथमिकता पाएका छन् । डेविड अलाबाले आवश्यकता अनुसार जुनसुकै पोजिसनमा खेलिरहेका छन् । एन्टेनियो रुडिगर पनि टोलीमा आइसकेका कारण मार्सेलोले रियलमै बस्ने धेरै सीमित भूमिकामा खुसी हुनुपर्नेछ ।

मार्सेलोले रियलमा २००६–०७ को सिजनदेखि हालसम्म ५४५ खेल खेल्दा ३८ गोल गरेका छन् । उनले रियलबाट ६ पटक ला लिगा, दुईपटक कोपा डेल रे, ५ पटक स्पेनिस सुपर कोपा, ४ पटक च्याम्पियन्स लिग, ३ पटक युइएफए सुपर कप र ४ पटक फिफा क्लब विश्वकप गरी २४ उपाधि जितेका छन् ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.