default_image

2 years ago

May 13, 2022

भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित

102 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरको ह्याट्रिक गोल तथा मिडफिल्डर लुका मोड्रिचको ह्याट्रिक असिस्टमा यो सिजनको स्पेनिस ला लिगा च्याम्पियन बनिसकेको रियल म्याड्रिडले सानदार जित निकालेको छ ।

रियलले घरेलु मैदानमा लेभान्टेमाथि ६–० को सानदार जित निकालेको हो । फर्लान्ड मेन्डी, कप्तान करिम बेन्जेमा र रोड्रिगोले पनि समान एक गोल थपे ।

सान्टियागो बर्नबेउमा बिहीबार राति भएको एकपक्षीय खेलमा रियलले खेलको १३औं मिनेटमा फर्लान्ड मेन्डीको गोलबाट खाता खोलेको थियो । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । १९औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

३४औं मिनेटमा रोड्रिगोले लुका मोड्रिचकै पासमा गोल गरेपछि रियल खेलमा ३–० ले अघि बढ्यो । ४५औं मिनेटमा भिनिसियल जुनियरले मोड्रिचकै पासमा गोल गरेपछि रियल पहिलो हाफमा ४–० ले अघि बढ्यो ।

६८औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरेपछि रियल खेलमा फराकिलो जिततर्फ अग्रसर बन्यो । ८३औं मिनेटमा भिनिसियसले ह्याट्रिक पुरा गर्दै रियललाई सानदार जित दिलाए । उनले लुका जोभिकको पासमा गोल गर्न सफल भएका थिए ।

यो सानदार जितसँगै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ३६ खेलबाट ८४ अंक पुगेको छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा परेको छ । अब बाँकी दुई खेलमा सफलता हात पारेपनि लेभान्टे रेलिगेसनबाट बच्नेछैन ।

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

June 30, 2024

चितवन लिगमा एष्ट्रल र सौराहाको बराबरी

सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आइतबार एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाजले बराबरी खेलेका छन् । भरतपुर ७ कृष्णपुर मैदानमा भएको समूह ए को खेलमा १-१ को बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा एष्ट्रलका लागि जुनित घिसिङ र सौराहाका लागि सञ्जय चौधरीले गोल गरे […]

Success

Thank you for your time.