default_image

2 years ago

May 12, 2022

डर्टमुन्डले हालान्डको स्थानमा युवा स्टार भित्र्यायो

104 views

0 Bookmark

एजेन्सी – युवा स्टार एर्लिङ ब्राउट हालान्डले क्लब छाड्ने पक्का भएसँगै जर्मन क्लब बोरुसिया डर्टमुन्डले उनको स्थानमा जर्मनीका युवा फरवार्ड करिम एडियमीलाई अनुबन्ध गरेको छ ।

नर्वेजियन युवा फरवार्ड हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भएपछि डर्टमुन्डले २० वर्षीय करिमलाई अस्ट्रियन क्लब आरबी साल्जबर्गबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार जर्मन युवा प्रतिभा करिम उनी सन् २०२७ सम्म डर्टमुन्डमा रहनेछन् ।

एडियमी डर्टमुन्डले २०२२–२३ का लागि अनुबन्ध गरेका तेस्रो खेलाडी हुन् । यसअघि डर्टमुन्डले निकलस सुल र निको स्लोटरबेकलाई अनुबन्ध गरिकसकेको छ ।

‘करिम एडियमी एक प्रतिभाशाली जर्मन युवा फरवार्ड हुन् । उनको गति निकै उच्च छ,’ डर्टमुन्डका खेल निर्देशक माइकल जोर्कले भने, ‘यसबाहेक, एडियमीलाई बिभीबिको ठुलो माया छ । किनभने उनको मुटु पहिलेदेखि नै कालो र पहेलो रङमा धड्किरहेको थियो । उनले डर्टमुन्डबाट खेल्नको लागि मुख्य युरोपेली लिगहरूबाट धेरै प्रस्तावहरू अस्वीकार गर्ने निर्णय गरेका थिए ।’

एडियमीले डर्टमन्डलाई बाल्यकालदेखि नै पछ्याइरहेको र बालापनमा डर्टमुन्डको तीव्र गतिको फुटबलबाट मोहित रहेको बताए । ‘मैले नै डर्टमुन्डसँग दीर्घकालीन सम्झौता गरेको हुँ । किनभने म विश्वस्त छु कि हामी एक रोमाञ्चक टोली हुनेछौं । उत्कृष्ट प्रशंसकको समर्थनमा खेल्न र उपाधि जित्न सक्षम छौं । त्यसैले मलाई डर्टमुन्ड आउन सहज भयो,’ उनले भने ।

करिमले यो सिजन साल्जबर्गका लागि ३३ गोल गरेका छन् । जर्मनीको विभिन्न उमेर समूहमा प्रतिनिधित्व गर्दै उनले २०२१ म सिनियर टोलीमा डेब्यु गरिसकेका छन् । उनले जर्मनीका लागि ३ क्याप जित्दा १ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

उनले तीन पटक अष्ट्रिय बुन्डेसलिगा, तीन अष्ट्रियन कप र जर्मनीबाट युइएफए यु–२१ युरो कप जितेका छन् ।

September 21, 2024

वेस्ट ह्याममाथि चेल्सीको जित

एजेन्सी – चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा शनिवार वेस्ट ह्याममाथि सहज जित हासिल गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गरेको हो । वेस्ट ह्यामको घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । खेलको चौथो मिनेटमा सान्चोको पासमा ज्याक्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । […]

September 21, 2024

झरना रनिङ शिल्डमा योङ स्टारको जित

सुमन अधिकारी,बुटवल रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा विजयी हुदै क्वाटरफाइनलमा पुग्ने योङ स्टार युथ क्लब मडाहा तेस्रो टिम बनेको छ । झरना स्पोर्टस क्लबको आयोजना जारी प्रतियोगितामा शनिवार सम्पूर्ण युथ क्लब सुपौलीलाई ३-० गोल पराजित गर्दै योङ स्टार अन्तिम ८ पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा योङ स्टारको जितमा […]

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

Success

Thank you for your time.