default_image

2 years ago

May 11, 2022

एस्टन भिल्लामाथि लिभरपुलको रोमाञ्चक जित

152 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै उपाधि होडमै कायम रहेको हो ।

भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो ।

खेलको तेस्रो मिनेटमा नै डुगलस लुइजको गोलबाट लिभरपुल पछि परेको थियो । लुकास डिग्नेको क्रसमा लुइजको हेडर गोलरक्षक एलिसन बेकरबाट रिवाउन्ड हुँदा उनले जाली चुमाउन सफल भएका थिए । छैटौं मिनेटमै लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो । जोएल मटिपले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि घरेलु टोलीलाई लगातार दवावमा राखेको लिभरपुलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६५औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई महत्वपूर्णजितसहित ३ अंक दिलाए । उनले लुइस डियाजको पासमा गोल गर्न सफल भए ।

यो जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा दोस्रोमा यथावत रहेको छ । लिभरपुलको ३६ खेलबाट ८६ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको पनि त्यति नै अंक छ ।

अब लिगमा सिटीले तीन तथा लिभरपुलले २ खेल खेल्न बाँकी छ । पराजित भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.