default_image

2 years ago

May 10, 2022

‘बेलायतमा लिभरपुलले लिग जितेको हेर्न चाहने धेरै छन्’

76 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बेलायतका धेरै जनताले लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हेर्न चाहेको दाबी गरेका छन् ।

काटालान प्रशिक्षक ग्वार्डिओलाको सिटीले आइतबार न्युक्यासललाई ५–० ले हराउँदै लिभरपुलभन्दा ३ अंक बढी जोडेको छ । जसका कारण प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुलमाथि दबाब बढेको छ ।

‘यो देशका धेरै मान्छेले लिभरपुललाई समर्थन गर्छन । सञ्चारमाध्यम र सबैले,’ ग्वार्डिओलाले भनेका छन्,‘ युरोपियन प्रतियोगितामा लिभरपुलको सफल इतिहासका कारण पनि सबैले टोली सफल भएको हेर्न चाहेका छन् । तर पछिल्लो ३० वर्षमा उनीहरुले मात्र एकपटक लिग उपाधि जितेका छन् । त्यसले हामीलाई फरक पार्दैन ।’

लिभरपुलले सफलता प्राप्त गरोस् भन्ने चाहनाले आफूलाई भने फरक नपर्ने ग्वार्डिओलाले बताएका छन् । ‘त्यसले हामीलाई फरक पर्दैन’, उनले भनेका छन्,‘ हाम्रो भन्दा लिभरपुलका समर्थक विश्वमा र इंग्ल्यान्डमा धेरै छन् ।’

सिटीको लक्ष्य

सिटीले प्रिमियर लिग जित्नका लागि आफ्नो टोलीले के गर्नुपर्छ भन्नेमा पनि ग्वार्डिओलाले बताएका छन् । ‘हामीलाई ९ अंक अथवा अहिलेको अवस्थामा ६ अंक आवश्यक छ । आउने दुई खेलमा के हुन्छ र गोलअन्तर कस्तो हुन्छ त्यसमा उपाधि भर पर्दछ’, उनले भनेका छन्,‘ वल्भ्सविरुद्ध बुधबार हुने खेल हाम्रा लागि फाइनल सरह हुनेछ ।’

उनले थपे, ‘हामी त्यो खेल जित्नका लागि प्रयास गर्नेछौं । हाम्रो सफलता हाम्रै हातमा छ र त्यो महत्वपूर्ण हुनेछ । हामी सकारात्मक छौं । एक अंक वा ३ अंक जोड्दा पनि परिस्थिति फरक छैन । हामीले अघि बढ्नुछ ।’

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको […]

Success

Thank you for your time.