default_image

2 years ago

May 8, 2022

विवाद बारे छानविन गर्न ३ सदस्यीय समिति गठन

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडीबीचको विवादको विषयमा छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३ सदस्यीय छानविन समितिको गठन गरेको छ ।

एन्फा कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेपाली सेनाका अवकास प्राप्त उपरथी भिक्टर राणा, पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा रहेको ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिलाई घटनाको छानविन र सिफारिस गर्न समेत अधिकार तोकेको छ ।

एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोलीका १० सिनियर खेलाडीले प्रशिक्षक अलमुताईरीको व्यवहारका कारण वैशाख १३ गते क्याम्प छाड्न परेको बताएका थिए । एन्फा होस्टलमा न्यूनत्तम सुविधा नभएकाले टोलीमा होटलमा राख्नुपर्ने भन्ने खेलाडीको माग राखेका रोहित चन्दलाई अलमुताइरीले टोलीबाट हटाएपछि विवाद सुरुवात भएको थियो । कप्तान तथा गोलरक्षक किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका रोहित खेलाडीहरुको आपसी सल्लाहमा नै होटलमा राख्नुपर्ने भनाई राखेका थिए ।

रोहितले आफूहरुकै सामूहिक माग राखेको त्यसमा छलफल गर्न खेलाडीहरुले गरेको आग्रहलाई अस्वीकार गर्दै अलमुताइरीले अन्य खेलाडीले पनि क्याम्प छाडे हुन बताएका थिए । त्यसपछि आफू क्याम्पबाट निस्केको खेलाडीहरुले पत्रकार सम्मेलनमार्फत वैशाख १५ गते जानकारी दिएका थिए ।

रोहितसँगै सिनियर खेलाडीहरु सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामाले क्याम्प छाडेका थिए । अलमुताइरीले बिहीबार मात्र १७ नयाँ खेलाडीलाई टोलीमा समेटका छन् । त्यसरी समेटिएका मध्ये विकेश कुथुले भने आफू तत्काल टोलीमा आबद्ध हुन नसक्ने जनाएका छन् ।
क्याम्पबाट निकालिएका १० खेलाडीहरुले एन्फासँग घटनाको छानबिन गर्न र आफूहरु दोषी पाइए कारवाही गर्न समेत आग्रह गरेका थिए ।

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

October 31, 2024

टोटेनहमसँग सिटी पराजित, युनाइटेड विजयी

एजेन्सी – टोटनहम र म्यानचेस्टर युनाइटेड काराबाओ कपको क्वाटरफाइनलमा पुगेका छन्। टोटेनहमसँग पराजित हुँदै म्यानचेस्टर सिटी काराबाओ कपको अन्तिम १६ बाटै बाहिरिएको छ । टोटनहम बुधवार सिटीलाई २-१ ले हराएको हो। खेलको पाचौं मिनेटमा टिमो वर्नरले गोल गर्दै टोटनहमलाई घरेलु मैदानमा अग्रता दिलाए । डेजान कुलुसेभस्कीको पासमा वर्नरले गोल गरेका हुन्। पापे माटर सरले २५औं […]

Success

Thank you for your time.