default_image

2 years ago

May 6, 2022

एन्फा निर्वाचन – गण्डकीबाट कास्की र गोरखाबाहेकलाई मताधिकार

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि प्रदेशबाट मताधिकार प्राप्त गर्ने ६ जिल्लाको टुंगो लगाएको छ ।

संघको शुक्रबार बसेको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्येबाट ६ जिल्लालाई मताधिकारको टुंगाो लगाएको हो । तनहुँ, स्याङ्जा, लमजुङ, मनाङ, नवलपुर र बागलुङलाई मताधिकार प्राप्त गर्दा कास्की र गोरखा मताधिकारबाट वञ्चित हुने भएका छन् ।

दुवै जिल्लाको नवनिर्वाचित कमिटिमा एन्फाको संस्थापन पक्षसँग असन्तुष्ट पदाधिकारी नेतृत्वमा आएका थिए । संस्थापन पक्षको पकड रहेको मानिएको गण्डकी प्रदेशमा अन्य ६ जिल्ला केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि छनोट गरिएको बुझिएको छ ।

एन्फाले बैशाख २४ गतेभित्र प्रतिनिधित्व गर्ने ६ जिल्लाको नाम पठाउन निर्देशन दिएको थियो । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । जसमा एन्फाका ४८ जिल्ला मध्ये ४५ जिल्लाले मताधिकारसहित केन्द्रिय निर्वाचनमा भाग लिनेछन् । यस्तै ए, बी र सी डिभिजन क्लब, प्रशिक्षक संघ, रेफ्री, खेलाडी र महिला समितिले पनि मताधिकारसहित भाग लिनेछन् ।

यस्तै प्रदेश फुटबल संक प्रदेश १ को बैठकले आसन्न निर्वाचनमा आगामी कार्यकालका लागि प्रदेश १ बाट अध्यक्षमा उमेदवारी दिने उमेदवारको पक्षमा सर्वसम्मत रुपले एक जुट भई सामुहिक मतदान गर्ने निर्णय गरेको छ । जसमा ११ जिल्ला फुटबल संघका अध्यक्ष, महासचिव र सदस्यले हस्ताक्षर गरेका छन् ।

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

July 4, 2024

मेस्सीले कोपा अमेरिका क्वाटरफाइनल खेल्नेमा शंका

एजेन्सी – अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले अमेरिकामा जारी कोपा अमेरिका २०२४को क्वाटरफाइनल खेल खेल्ने / नखेल्ने शंका रहेको छ । चोटका कारण मेस्सीले इक्वेडोर विरुद्धको क्वाटरफाइनल खेल्ने निश्चित नरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अर्जेन्टिना र इक्वेडोर बीचको क्वाटरफाइनल खेल शुक्रवार बिहान हुँदैछ । मेस्सीले गत साता चिली विरुद्धको समूह […]

Success

Thank you for your time.