default_image

8 years ago

December 9, 2016

साफको लागि अन्तिम नामावली घोषणा

72 views

0 Bookmark

हाम्रो खेलकुद – आगामी डिसेम्बर २६ तरिखबाट भारतको सिलिगुडीमा सुरु हुने चौथो साफ महिला प्रतियोगिताका लागि एन्फाले अन्तिम २० खेलाडीको नामावली सार्वजनिक गरेको छ।

anfa-upload

एक महिनाएता प्रशिक्षणमा रहेको टोलिले आगामी पौष २ गते मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ। सुरुमा ७२ जनाको नामावली बाट घटाएर ४२ जनाको नाम सार्वजनिक गरिएपछि पुन: ३० खेलाडीलाई छनोट गरेर बन्द सत्रमा राखिएको थियो।

यसपटक टोलीमा चोटका कारण कप्तान अनु लामा हुने छैनन्। उनको स्थानमा रेनुका नगरकोटेलाई कप्तानीको जिम्मेवारी दिइएको छ।

२० खेलाडीको नाम यस प्रकार छ:

अन्जली थुम्बा सुब्बा
नमिता कुमारी दली
अन्जना राणा मगर
अन्जली वाईबा
मन माया लिम्बु
पुनम जर्ग मगर
गीता राणा
कविता धिमाल
सपना लामा
दिपा राई
अनिता बस्नेत
दिपा अधिकारी
रेनुका नगरकोटी
अन्जली योन्जन
सावित्र भण्डारी
कृष्णा खत्री
शर्मिला थापा
निर्मला बिके
सरु लिम्बु

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.