default_image

2 years ago

May 3, 2022

दुर्लभ कीर्तिमान रच्ने संघारमा एमबाप्पे

171 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड किलीयन एमबाप्पे फ्रान्सको शीर्ष डिभिजन लिगमा दुर्लभ कीर्तिमान रच्ने संघारमा पुगेका छन् ।

पिएसजीलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका एमबाप्पे हाल लिगको सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट दिने दुवै सूचिको शीर्ष स्थानमा छन् । लिगको अन्त्यसम्म यो स्थानलाई कायम राख्न सके उनी एकै सिजनमा दुवै सूचिको शीर्षस्थानमा रहने पहिलो खेलाडी बन्नेछन् । उनको यो कीर्तिमानमा उनकै सहकर्मी लिओनेल मेस्सी र रेन्नेसका मार्टिन टेरिएर बाधक बन्न सक्छन् ।

एमबाप्पेले यसै साता स्ट्रासबर्गविरुद्ध भएको ३-३ को बराबरीमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त खेलमा २ गोल गर्दै उनले सिजनमा गोल संख्या २४ पुर्याए । एम्बापपेले लिगमा १५ असिस्ट पनि दिएका छन् । पछिल्लो समय आफूलाई विश्वकै उत्कृष्ट फरवार्डमध्य स्थापित गराएका उनले पछिल्लो ४ सिजन लिगको सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए । उनले सन् २०१८ मा पिएसजीमा अनुबन्धित भएयता ३३, १८ र २७ गोल गरेका छन् ।

‘मेरो लक्ष्य लिगको सर्वाधिक गोलकर्ता र असिस्ट प्रदान गर्ने खेलाडी बन्नु हो । मैले पहिला पनि भनेको छु, यदि दुवै पक्षमा शीर्ष हुन सकियो भने कसैले प्रश्न उठाउने छैन । लिगमा ३ खेल बाँकी छ र म सधैं टोलीलाई जित दिलाउने सोचका साथ अघि बढ्छु,’ एमबाप्पेले भने ।

एमबाप्पेलाई सर्वाधिक गोलकर्ता बन्ने सुचिमा टेरिएरले पछ्याएका छन् । उनले लिगमा २१ गोल गरेका छन् । पिएसजी र रेन्नेस दुवैले ३५-३५ खेल खेल्दा अब लिगमा ३-३ खेल बाँकी छन् ।

यस्तै एमबाप्पेलाई असिस्टको प्रतिस्पर्धामा मेस्सीले पछ्याएका छन् । मेस्सीले १३ असिस्ट दिँदा एमबाप्पेको नाममा १५ असिस्ट रहेको छ ।

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

July 5, 2024

इक्वेडोरलाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

एजेन्सी – इक्वेडोरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले पेनाल्टी सुटआउटमा दुई वटा पेनाल्टी बचाउँदै ४-२ को जित निकालेपछि शुक्रबार अर्जेन्टिना लगातार पाँचौं पटक सेमिफाइनलमा प्रवेश गरेको हो । कोपा अमेरिकामा क्वाटरफाइनल र सेमिफाइनलमा बराबरीको खण्डमा खेल सिधै पेनाल्टी सुटआउटबाट निर्धारण हुने प्रावधान छ […]

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए । फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् । युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो […]

Success

Thank you for your time.